तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरमा पठाएको इलाजसम्बन्धी मुद्दामा राय पठाउने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली मुद्दा मिलाउने प्रयोजनका लागि २ लाख रुपैयाँ घुस लिएको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । सुवेदीलाई २ लाख बिगो बराबरको रकम कायम हुनेगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरेको छ ।

यस्तै, सेवाग्राहीको फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले ५० हजार रकम घुस लिनेक्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । पौडेल तथा पासीविरुद्व ५० हजार विगोसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …