तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी तस्कर विरुद्ध खरो उत्रिएका छ्न।

तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगतै एसपी अधिकारीले सिमा निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो उत्रिन गणपति अधिकारीले निर्देशन समेत दिएका छ्न। 

एसपी अधिकारीको बिशेष निर्देशनमा जिल्लाको विभिन्न ठाउँ बाट ५ लाख २८ हजार ७ सय मूल्य बराबरको अबैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल मातहत स.प्र.बल नेपाल बि.ओ.पि. गुठिप्रसौनी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सेमरीबाट र प्रतापपुर गाँउपालिका-६ हरपुर र बर्दघाट नगरपालिका-४ चिसापानी ईलाकाहरुमा खटिई गएको मोवाईल गस्ति टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा अन्दाजी मुल्य रु ५,२८,७००।- (पाँच लाख अठ्ठाईस हजार सात सय मात्र) बराबरको लत्ता कपडा टप्स-५४ पिस, कुर्ता सुरुवाल १५ पिस, फाईवर डसना १० पिस¸थानको कपडा -४ रोल (५६० मि.), लेडिज कुर्था सुरुवाल-९६ पिस बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी सूचना आधिकारी माधव रेग्मीले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …