तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिवन पाख्रिन तामाङ

काभ्रे । नेकपा एमाले वडा सदस्य उम्मेदवार कान्छी माया तामाङ लगायत ४० जना बढी नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।

शनिबार नेपाली काङ्ग्रेस रोशी गाउँपालिका वडा नम्बर ६ द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा लगायत बिभिन्न पार्टी परित्याग गरी नेकपा एमाले वडा सदस्य उम्मेदवार कान्छी माया तामाङ नेकपा कम्युनिस्ट पार्टीका सदस्यहरु क्रमश सिताराम हुमागाई, जय बहादुर जिम्बा, मानध्वज मोक्तान, पदम बहादुर मोक्तान, प्रल्लाप उप्रेती, उमेश चौलागाईं, रामहरि मैनाली, लाल तामाङ, माईली स्याङतान, नरमान स्याङतान, लक्ष्मी वाईबा लगायत ४० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय  सदस्य गोबिन्द  भट्टराई विशेष अथिती नेपाली कांग्रेस काभ्रे छेत्र नम्बर १ पुर्ब सांसद एवं संविधानसभा सभा सदस्य तिर्थ लामा, मनोज  मनिबैद, गणेश लामा ,रमेश प्रसाद हुमागाईं र कुन्साङ् लामा लगायतले नवप्रवेशिकाहरुलाई कांग्रेसमा स्वागत गरेका छन ।


नवप्रबेसिहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले फुटको संघारले जनताका लागी  ठुलो धोका दिएको र नेकपा सरकारले  आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भ्रष्टाचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गर्ने गरेको आरोप लगाउदै कांग्रेसमा प्रबेश गरेका हुन 

आयोजित कार्यक्रममा बोल्न्दै कांग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग र लोकतन्त्रको खिल्ल्ली उढाएको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताएका छन्। सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतको आखाबाट गल्ती ढाकछोप गरेको साथै सत्ताको आडमा रहेर विभिन्न माध्यमद्वारा नेपाली जनतालाई भ्रममा पारिरहेको मनपरि तन्त्र अपनाइ रहेको बताए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …