काभ्रे । काभ्रेमा केही दिनयता पार्टी परित्याग गर्नेको लर्को चलेको छ । शुक्रबार नेपाली काङ्ग्रेस रोशि गाउँपालिका ९ मंगलटारद्वारा आयोजित चियापान तथा पार्टी प्रबेस कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५१ जना भन्दा बढी युवा नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
नवप्रबेशीहरु रोशी गाउँपालिका मंगलटार वडा नम्बर ९ जुझारुका युवाहरु ५१ जना नेकपा पार्टी लगाएत विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेल प्रमुख अथिती रहेको कार्यक्रममा बिशेष अतिथी काभ्रे क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम योन्जन पुर्व संसद एवम संविधानसभा सदस्य तिर्थ लामा, काभ्रे जिल्ला सचिब दिनेश लामा, नेपाली काङ्ग्रेस महधिबेसन प्रधिनिधी एबम खेलकुद बिभाग केन्द्रिय सदस्य चन्द्र लामा लगायतले नवप्रबेशीहरुलाई स्वागत गरेका छन ।
नव प्रवेशिकाहरुलाई स्वागत गर्दै प्रमुख अथिती पौडेलले अबको दिनमा देश र जनताको जिम्मेवारी काङ्ग्रेसको काँधमा आएकाले मिलेर अगाडि बढ्नुपर्ने हुँदा युवा शक्तिहरु बिना देश परिवर्तन हुँदैन, परिवर्तन गर्न युवाहरू नै अगाडि बढ्नुपर्ने बताउनु भयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …