तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिवन पाख्रिन तामाङ

काभ्रे । काभ्रेमा तत्कालिन नेकपा एमालेका पूर्वमन्त्री गोकुल बास्कोटाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेक छन ।

बिहीवार काठमाडौंको तिनकुने स्थित महाभारत गाउँपालिका कांग्रेसद्वारा आयोजन गरिएको चियापान कार्यक्रममा महाभारत गाउँपालिका वडा नम्बर २ का युवाहरु बिगत लामो समय देखी नेकपा पार्टीमा आबद्ध रहेर काम गरिरहेका बास्कोटाका नजिकका कार्यकर्ताहरु १ दर्जनभन्दा बढी युवा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस पुर्व संसद एबम संविधानसभा सदस्य तिर्थ लामा, काभ्रे क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम लामा योन्जन र युवा नेता बिशाल पाख्रीनले स्वागत गर्नु भएको छ ।

नवप्रवेशिकाहरुले राष्ट्रियता लोकतन्त्र समाजवाद प्रति समर्पित रही स्वतन्त्र र समृद्ध नेपालको लागी बैज्ञानिक पद्धति र गतिशीलता सहितको एकता भन्ने मुल नाराका साथ अबको दिनमा देश र जनताको लागी समृद्धि नेपाल बनाउन काङ्ग्रेस बाहेक कुनै पार्टीले गर्न सकिदैन भन्दै भने अब हामी आज बाट नेपाली काङ्ग्रेस प्रवेश भएको छौ, काङ्ग्रेस पार्टीको बिचार सिद्धान्त र बिधानमा रहेर पार्टीले दिएको जिम्मेवारी लिएर आउदो निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई पहिलो पार्टी ठुलो दलको रुपमा रुपान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

नवप्रवेशिकाहरुले नेकपा नेता तथा पूर्व मन्त्री बास्कोटाको लामो समयदेखी कार्यकर्ता रहेर काम गरेको पछील्लो समयमा ७० करोड भस्टचारमा मुछिएका नेता हावादारी गफ दिएर भस्टचार गरेर देशलाई निकाश दिन नसक्ने आरोप लगाउदै कांग्रेसमात्र जनताको दु:ख सुखको सहयात्रि हुन सक्ने बताएका  छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …