तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं। कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो। पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ। लक्षित समूहको झन्डै ८५ प्रतिशतले खोप लगाएका हुन्।

दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई सूचनापछि प्रकाशन गरिने भएको छ।

सरकारले ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम स्थगन गरेको छ। थप खोप प्राप्त हुनासाथ निरन्तरता दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। खरिद र अनुदान गरी २३ लाख ४८ हजार डोज खोप आएको छ।

दोस्रो चरणको खोप अभियान फागुन २३ गते सुरु गरिएको थियो। ६५ वर्षभन्दा माथिका नागरिकलाई प्राथमिकता दिइएको थियो। १६ लाखभन्दा बढीले खोप लगाएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …