तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मस्तिष्कको रगत बग्ने नली बन्द हुने अथवा फुट्नुलाई नै मस्तिष्कघात भनिन्छ । यो समस्या गर्मीमा भन्दा जाडोमा बढी देखिन्छ । यसको कारण यही नै भन्ने हुँदैन । जाडोमा हाम्रो रगत बाक्लो हुने हुँदा अरूबेला भन्दा बढी देखिन्छ । तर नेपालमा यसको कुनै तथ्यांक भने छैन । अस्पताल पुग्ने बिरामीको तथ्यांक हेर्दा जाडोमा बढी आउने गरेका छन् । हाम्रो उमेर जति बढ्दै गयो त्यति यसको जोखिम बढ्दै जान्छ । अझ ५० वर्षभन्दा माथिका लाई जोखिम पनि बढी देखिने गरेको छ ।

उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको समस्या भएकामा पनि जोखिम बढी देखिने गरेको छ । धूमपान र मद्यपानको सेवनले गर्ने मानिसमा मस्तिष्कघात (ब्रेन स्टोक) बढी देखिन्छ । मुुटु रोगका कारण मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक देखिने गरेको पाइन्छ ।

मस्तिष्कघात भए एक्कासि अनुहार बांगिने वा नचल्ने, हात नचल्ने वा लुलो हुने, बोल्न नसक्ने वा आवाज लरबरिने लक्षण देखिनसक्छ । त्यसबाहेक दृष्टि हराउने तथा हिँडडुल गर्न समस्या हुने गर्छ ।

मस्तिष्कघातबाट जोगिन हामीले खानपानमा ध्यान दिनुपर्छ । यदि हामीमा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भए त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । मद्यपान र धूमपान सेवन गर्ने मानिसमा यसको जोखिम उच्च हुन्छ । पछिल्लो समय नेपालीमा उच्च रक्तचापको समस्या धेरै देखिन थालेको अवस्था छ । हरेक दिन रक्तचाप जाँच्ने, यसलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । उच्च रक्तचापको औषधिको सेवन गर्नेले आफूखुसी नछाड्ने चिकित्सकको सल्लाहअनुसार नियमित सेवन गरिरहनुपर्छ । यस्तै मुटुको बाथ भए मस्तिष्कघातको सम्भावना बढी रहन्छ । मुटु रोग विशेषज्ञसँग सल्लाह लिने, रगत पातलो हुने औषधि सेवन गर्नुपर्छ ।

यसबाट बच्न के गर्ने ?

खानपान जीवशैलीमा ध्यान दिने ।

धूमपान र मद्यपान नगर्ने ।

रक्तचापको औषधि सेवन गर्नेले आफुखुसी नछोड्ने, नियमित सेवन गर्ने ।

मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचापको समस्या छ भने नियन्त्रणमा राख्ने ।

एक्कासि हात–खुट्टा नचल्ने, अनुहारको एक भाग नचल्ने, दृष्टि धमिलो हुने समस्या आए तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

मस्तिष्कघात अर्थात ब्रेन स्ट्रोक हृदयाघात जस्तै हो । चिकित्सकीय भाषामा यसलाई ब्रेन अट्याक पनि भनिन्छ । प्रायः सहरी क्षेत्रका बिरामी उपचारका लागि समयमै आउने गरे पनि ग्रामीण क्षेत्रका बिरामीहरू भने अलि ढिलो गरी चिकित्सकको सम्पर्कमा पुग्छन् । हृदयाघातमा दुखाइ बढी हुने हुँदा बिरामी पनि चाँडै अस्पताल पुगौैं भन्नेमा हुन्छन् ।

तर मस्तिष्कघातका बिरामी ढिलो आउनु कारण दुखाइ नहुँदा हात–खुट्टा नचल्दा पनि घरमै वास्ता नगरी बस्ने पाइएको छ । यसरी हेलचेक्रयाइँ गर्दा अरू समस्या थपिने गर्छ । जसले गर्दा ज्यान जाने खतरा पनि उत्तिकै हुन्छ । तसर्थ उल्लिखित समस्या देखिए हेलचेक्रयाइँ नगरी तत्काल चिकित्सकको परामर्शका लागि पुग्नु वाञ्छनीय देखिन्छ । त्यस कारण शरीर एक्कासि नचले, आँखाको ज्योतिमा समस्या देखिए तत्काल अस्पताल पुगेर उपचार गराउनुपर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …