जब म आफ्नो घरको आँगनमा निस्कन्छु ।
यो समाजका ति गल्लीहरुमा
म आफू आफैमा बिछिप्त हुन्छु
जब ति समाजिक कहलिएका मान्छेका बोली सुन्दा
किन उठ्न सकेन माथी म अनि आफू भन्दा
अनि कहिले कहि आफुलाइ नै प्रश्न गर्न थाल्छु ।
के आदर्शशिल सभ्य समाज यस्लाइ नै भन्छन् त ?
सहिष्णुता सम्मान र सहयोगको त्यो प्रतीक समाज
बिलापमा मिलाप एक आदशशिल सभ्यताको पर्याय समाज
अनि
त्यो मुलको मुलधारमा उभिन नसकेको यो समाज ।
सच्चीकै उराठ लाग्दो रहेछ।
आशा सबै बिलाएर
सच्ची कै निराश लाग्दो रहेछ ।
यहाँ एक अशल छोरा भनाउदो
आफ्नो जन्मदाता आमाबाबालाइ
बृदाश्रमको आगनमा छोडेर
बाबाआमाको बुढेसकालको लाठी बन्ला भन्ने आशा
तोडेर
अनि असल मानिस बन्ने दौडमा दौडिन्छ ।
समाज परिवर्तन गर्छु भन्दै सुन्दर भबिस्यको
कल्पनामा पौडिन्छ ।
बाबाको त्याग अनि आमाको माया भुल्ने छोरा
कसरी एक अशल मान्छे अनि कुशल छोरा बन्न सक्छ ?
आफ्नो सन्ततिलाई “आफ्नो जस्तै नगर्नु “
कसरी भन्न सक्छ ?
यहाँ यस्तै छ यो समाजको रित
कोहि हेर राम! ,हरे शिव ! भन्दै त
कोहि अल्लाह ! भन्दै ईश्वर खोज्दै हिडेको नि देखे
कोहि मन्दिरमा त कोहि चर्च अनि मस्जिदमा
ईश्वर पुज्दै गरेको देखे ।
तर आफ्नो मनको ईश्वरलाई देख्न अनि बुझ्न नसक्दा ।
मानबरुपी दानव पनि यहि समाजमै देखे ।
यहाँ यस्ले यस्तो गर्न सकेन त्यो त्य्स्तो बन्न सकेन भन्दै
आँखा पछाडी थुक्ने अनि भुक्ने धेरै हुदा रहेछन् ।
केही राम्रो गरेको देख्नै हुन्न जति सक्दो खुट्टा खिच्ने
केही राम्रो गरिहाले पछि स्वार्थकै लागि भएनी दुई हात जोडी झुक्ने
यहि समाज मै हुदा रहेछन ।
अनि अलिकत गल्ती भएनि पाउनै हुन्न
तिललाई पहाड बनाई ढुंग्रो फुक्दै आकाशै छुदा रहेछन ।
साच्चिकै भन्नू पर्दा
यहाँ प्रेमको परिभाषा न बेग्लिएको छ ।
प्रेम पैसामा बिक्छ ।भएको छ
प्रेमिका प्रेमिको पैसामा हेर्न मै ठीक्क हुन्छे ।
अनि प्रेमी प्रेमिकाको यौवनमा नै मख्ख
स्वार्थ यहाको साथी भएको छ ।
धोका र बिस्वासघात आत्मीय प्रेम भन्दा माथी भएको छ ।
यहाँ डाह ईष्र्या र स्वार्थले भरिएको छ यो समाज
दाम र दमनको जालझेलले बेरिएको छ यो समाज ।
दुर्जन त्यो महाजन भा छन अनि
सज्जन दीनजन भै तिन्कै अगाडि झुक्दै बस्छन।
असत्य त्यो बाटो बजारमा नाच्दै हिड्छ
अनि सत्यका बोली अँध्यारो कोठामा लुक्दै बस्छन ।
मैले समानता सान्ती र समृद्धिका कुरा त धेरै सुने
ती चोक अनि चौतारीहरुमा ।
ल्याउछु एकता धार्मिकता अनि जातीयताका मुद्दाहरुमा ।
भन्दै हाल्दै गरेका भ्रष्ट ती भद्र भलाद्मीका सुस्केराहरुमा
तर ती बोली भद्दा हुन्छन् बन्द हुन्छन् ।
केही पलहरुमा केही क्षणहरुमा ।
किन हाम्रो सोच ती खोचहरुमा अट्किएका छन ।
जहाँ हाम्रो समाजका रितहरु बोझ भै बल्झिएका छन।
जाती धर्मको बिभेदसङ्ग प्रीति लाउछन
यहाका दिग्गज भनाउदा अग्रजहरु
एउटै रगत एउटै जात सबै धर्म एउटै सार भन्दै
यथार्थ गाथाको कुस्वार्थ गीति गाउछन
यहाका सुतेर लुटि खाइ पल्केका सोझा भनाउदा भ्रष्टहरु ।
मुखमा राम अनि बगलीमा धारिला छुरा खोप्ने यहि देखिन्छन् ।
रामको देशमा बहुरुपी भेषमा यहाँ रावणद्वारा रमायण लेखिन्छन ।
बुद्धको ज्ञानलाइ झुठो भन्ने
सिताको पबित्रतालाई जुठो भन्ने
महाज्ञानी, महापुरुष यहि समाज मै भेटिन्छन् ।
तराजु हातमा अनि कालो पट्टी आखामा बाधी
न्याय र अन्यायको बिचमा रहेको यो समाजमा
कानुन आन्धो मात्र होइन ।
बहिरो अनि लङगडो पनि भएछ ।?
साचो कुरा सुन्न छोडे छ ।
निमुखा निर्दोष गन्न छोडे छ ।
त्यहि न्यायीक तराजुमा न्याय र अन्याय
पैसाको तौलमा जोखिने भएछ ।।
ती न्यायका कदम अन्यायको छाया सङगै ठोकिने भएछन ।
के गर्नु रक्षक नै भएक्षक भए पछि
लामा भन्ने न्यायका हात रोकिने भएछन ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …