तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिवन पाख्रिन तामङ्

काभ्रे । नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं ९ मंगलटार कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व माओवादीका जिल्ला सदस्य सहित ४१ जना बढि युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।

कांग्रेस प्रबेश गर्नेमा पूर्व माओवादी काभ्रे जिल्ला सदस्य एवम् मंगलटारका अध्यक्ष बिर बहादुर तामाङ, माओवादी जिल्ला सदस्य पृतान्त तामाङ र तेन्जी  लामा वाईबाको  नेतृत्वमा पूर्व एमाले निकट पूर्व शिक्षक केदार श्रेष्ठ र पूर्व माओवादीका केन्द्रीय कलाकार रोशन तामाङ लगायत स्थानिय नेताहरु गरि ४१ जना भन्दा बढि युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन। 


नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइ, विशेष अतिथि काभ्रे-१ का संविधान सभा सदस्य एवम् प्रतिनिधि सभा सभापति युवा नेता तिर्थ लामा, नेपाली कांग्रेस तरुण विभाग बागमती प्रदेशका उपसंयोजक दावा लामा, प्रदेश सभा सभापति राम योन्जन क्षेत्रीय सचिव गुणराज मुक्तान लगायत स्थानिय नेताहरुले  कांग्रेस पार्टीमा स्वागत गरेका छन्।

नवप्रबेशीहरुले अहिलेको सरकारबाट दिक्क लागेर आफुलाई एमाले माओबादीको कार्यकर्ता हो भनेर भन्न पनि नसकिने अवस्था सिर्जना भएको कारण नेपालि कांग्रेसमा प्रवेश गर्नुपरेको बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …