तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल स्याङ्जा, वालिङ

कुरा आज भन्दा ३२। ३३ वर्ष अगाडिको हो । नुवाकोट जिल्लाको दुर्गम,देउराली गा.वि.स.मा कार्यरत् रहदा त्यँहा कार्यरत हामी २।४ जाना साथीहरु पशुसेवा केन्द्रको भवनमा संगै वस्थ्यौं । दुर्गम भएकोले तेल चामल १०। १५ दिनलाई पुरा गरेर वसेपनि कहिलेकाँही सामान सिद्दिएर त्रिशुलीको वगुवा वजार देखी  भरिया मार्फत सामान आईपुग्दा राती ९।१० वज्थ्यो ।

पकाउने सामान कुरेर वस्दा जव भोक सहनु पर्ने अवस्था आउथ्यो तव संगै वस्ने साथी भोला झाजीले हामीलाई अगाडि राखेर खाना वनाउन लागेको मीठो काल्पनिक वक्तव्य दिन थाल्नु हुन्थ्यो । अव हेर्नुहोस ! म पिठो मुछेर तैयार गरी सकेको छु, स्टोभ जलाई सकिएको छ, वेलेर तैयार भएको रोटी  तावोमा पाकी सकेको छ । 

अव मैले रोटीमा घिउ दलेर नरम वनाएँ । अनेक वासना आउने मीठो मसला राखिएको काउलीको तरकारी, आलुको भुजिया र फ्राई अरहरको दाल,  गोलभेडाको अचार , दही सवै तैयरा भैसकोको छ । अव तैयार भएका सवै परिकार र नरम रोटी सफा थालमा राखें, यँहाहरु समक्ष टक्रयाएको छु । यँहाहरुले केही हतारो गर्नुपर्दैन, आराम संग सवै परिकारको स्वाद लिई लिई खानुहोस । सुरु गरौं ! आहा कति मीठो छ, अपुग भए यँहीबाट आँफैले झिक्दै खाँदै गरौ है ! खाने कुराको मौखिक वयान गर्ने वँहाको अनौठो प्रस्तुतीले एकछिनलाई खाए झै हुने गर्दथ्यो जिव्रो रसाउथ्यो । 

काल्पनिक गफले एकछिन रमाईलो संग भोकलाई विर्सने गरेको सम्झना छ । मीठो खानेकुराको वयानले एकछिनको भोक भुले झै, मनमा काल्पनिक उमंगको विषय प्रवेश गराई   चिन्ताको असरबाट वच्न सकिने वारे वर्णन गरिएको अमेरिकी लेखक स्वेट मार्डेनको ‘अलौकिक शक्ति’ नामको किताव मा उल्लेखित उड्ने दरी शीर्षकको लेख पनि, एकछिन चिन्ताबाट फुर्सद लिन निकै प्रभावकारी र प्रेरणादायक रहेछ ।

अलौकिक शक्तिहरु (‘मिराकल्स इन ह्युमन’) पुस्तकमा उनीले लेखेका  छन्, मानिस अलौकिक शक्तिको भन्डार हो, उसले दृढता पुर्वक संकल्प गरेर अगाडि वढ्रने हो भने सन्सारमा जस्तो सुकै सफलता हासिल गर्न सक्दछ भन्दै समकालमा सो उपायबाट धेरैले आफ्रनो जीवनलाई सम्वृद्द गर्न सफल भएका  उदाहरण समेत प्रस्तुत गरेका छन । उक्त  किताव भित्रको एक शीर्षक हो ‘उड्रने दरी’ । लेखक स्वेट मार्डेनले एकपटक कुनै एक पत्रिकामा, उडिरहेको दरीमा एक मानिस  मजा संग वसेर हुक्का पिउदै आकासमा सयर गरेको चित्र देखेका रहेछन । कुनै हवाईजहाज कम्पनिले पत्रिकामा यो चित्र राखेर आफ्रनो जहाजी आरामदायी उडान सेवाको विज्ञापन गरेको रहेछ । के प्रयोजनको लागि यो चित्र देखाईएको होला भन्नेमा अलमलिएका लेखकले आफ्रना साथी मनोवैज्ञानिक डा. हैरिसन संग  सोधपुछ गरेछन । उनको जिज्ञासा पछि हास्दै आँफुलाई पनि मनमा चिन्ताले प्रवेश गर्न लाग्ने वित्तिकै यहि काल्पनिक दरीमा वसेर मीठा मीठा सुखद कल्पना गरि उड्रने गरेको वताएछन । 

जव  चिन्ताले सताउन थाल्छ, तव यसको डहनबाट जोगिन मात्र सकियो भने पनि हाम्रो जीवन थप जटिल हुनबाट जोगिन सकिन्छ त्यसमा पनि कुनै सुखद योजनाको काल्पनिक उडानले मनलाई उल्लास वनाई राख्दछ भन्ने कुरा स्वयं डाक्टरको यो भनाईमा सत्यरहेकोमा लेखक मार्डेन विश्वस्त भएका रहेछन । आफ्रना उध्योगपति साथी संग पनि चिन्ताबाट वच्न के गर्नुहुन्छ ? भन्ने छलफल चल्दा यही जव चिन्ताले सताउन थाल्दछ तव ‘उड्रने दरीको’ काल्पनिक यात्राबाट आनन्दित भएर चिन्ताको असरबाट जोगिदै आएको अनुभव रहेछ ।  

यस्तो उमंगपुर्ण कल्पनाले  चिन्ता हटाउने अभ्यास गरियो भने रातको अनिद्रामा पनि यसको प्रयोगले निद्रा  लाग्न मद्दत गर्दछ ।  निद भनेको मानिसको खानापिना जत्तिकै महत्वको   हुन्छ । दिनभरीको श्रम तथा चिन्ता थकावटबाटलाई निदले पाचन गरि फेरी शरीर स्वच्छ र तन्दुरुस्त वन्दछ  । जव रातमा निद पर्देन तव मानसिको खानाको रुची कमहुन्छ, मनमा धैर्यता ,आत्मवल पनि कम हुन्छ,जीवन असफल र निरासापुर्ण हुन्छ । चिन्ताबाट धेरै ठुला ठुला विद्दान,राजनेता,उध्योगी व्यापारीहरु पनि धरासयी भएका उदाहरण समाजमा अहिले पनि  देख्न सकिन्छ । 

पौष शुक्ल पुर्णिमा देखी माधको पुर्णिमा  सम्म हिन्दु धर्मालम्वीहरुले श्री स्वस्थानी माताको व्रत उपवास गर्दै कथा सुन्ने परम्परा हामी कँहा प्रशिद्द छ, हामी धेरैले यो कथा सुनेका छौं । नारीहरुको अधिकारलाई दवाउने, नारीको विषयमा पुरुषले निर्णय गरेपछि मान्नै पर्ने मनोविज्ञान छिपेको छ भनेर यो स्वस्थानी व्रत कथाको आलोचना गर्नेहरुको संख्या पनि धेरै नै छ । कतिपय पौराणिक कथाले विशेष प्रेरणादायक सन्देसको संकेत गरेको हुन्छ, तैपनि कथाको मिथकीय स्थुल वयानलाई मात्र आधा्र वनाईरहेका हुन्छौ हामी र कथाको वास्तविक शिक्षाबाट वन्चित भैरहेका हुन्छौं   

स्वस्थानीको यो व्रत कथाले हामीलाई आफ्रनै स्थान (स्वस्थान) मा रहेर निष्ठा पुर्वक कर्म (व्रत) गरियो भने सुखी र सम्वृद्द हुने, जीवनका कामनाहरु पुरा हुने शिक्षा दिएको छ । स्वस्थानी वा स्वस्थानमा रहेका प्राकृतिक संसाधन (जसलाई वैदिक दर्शनमा चेतनालाई शिवरुप र प्रकृति वा प्रकृतिका सवै संसाधनलाई पार्वतीको संज्ञा दिईन्छ) लाई अत्यन्त आदर सत्कार र हार्दिकताका साथ उपयोग गरेमा भौतिक रुपमा हामी सम्पन्न हुनसक्छौं भन्ने प्रेरणादायक कथाको रुपमा  वुझ्रन सकिन्छ । कथाको दोश्रो पक्ष अहंकारको कारणले कुनै पनि यज्ञ वा काम गर्दा चेतन तत्व शिव र प्रकृतिक तत्व पार्वतिीको (स्त्री पुरुष दुवै तत्वको ) अनुपस्थितिमा हाम्रो कुनै पनि काम सम्पन्न हुदैन भन्ने सन्देस दिएको छ अर्थात काम गर्दा शरीर र मनरुपी चेतनाको समन्वय आवश्यक हुन्छ वा मन एकातिर र शरीर आर्को तर्फ रहेर कर्म सम्पन्न हुदैन तसर्थ शिव विनाको दक्ष यज्ञ सम्पन्न नभएको मात्र होइन यसले उल्टै विनासको घटना घटायो । 

सतिदेवीले  आफ्रना पति वा मालिक (चेतन तत्व) महादेवको कठोर आलोचन गरेको सुन्न नसकेर यज्ञमा हामफालेर आत्म दाह गरिन, प्रेमको कारणले अभिन्न भएका पतिपत्नीको आलोचन भएको दुवैले सहन सक्दैनन एउटाको आलोचना हुदा अर्कोले मृत्यु स्वीकार गर्न सक्छन यो प्रेमको अतिरेक अवस्था हो । पत्नीको विछोडको पीडाले वहुलाएका  महादेवले धेरै वर्ष सम्म पत्नीको मरेको लासलाई वोकेर हिंडे र उनी यसरी व्यस्त रहदा आफ्रनो जगत सन्चालनको कर्मलाई भुले, उनको अनुपस्थितिमा तारकासुर  स्वेच्छाचारी  शासकले विश्व व्यवस्थालाई नियन्त्रणमा लियो  जसरी हामी कुनै चिन्ताले वेसुरमा रहदा आफ्रना कर्तव्य कर्म भुलेर परिवार तथा समाजलाई अरुले हानी पुर्याई रहेको हुन्छ । 

जसरी मृत शरीरको कुनै अस्तित्व हुदैन, यसैगरि विगतका हाम्रा असफलताहरु,घटनाहरु पनि मुर्दा जस्तै भएकोले यसको अस्तित्व रहदैन । शिवले सतीदेवीको मुर्दा लास वोकेर  वेहोसमा भौतारिए जस्तै हामी पनि विगतका  अस्तित्व हिन व्यक्तिगत कुन्ठा र चिन्ता वोकेर हिड्रने गर्दछा,ै जसले गर्दा हामा्र जीवनका कतिपय कामहरु सम्भावनाहरु  विग्रीरहेका हुन्छन । हामी माथी चिन्ता जस्तै राक्षसी सक्तिले शासन गरिरहेको हुन्छ जसले गर्दा हामी ठीक वेठीक छुट्रयाउन नसक्ने वेहोसीमा हुन्छौं, भन्ने अर्थ वोकेको छ यस कथाले ।

  कथा अनुसार सतीदेवीको लास कुहिएर क्रमशः झर्दै गएपछि शिव होसमा फर्कन्छन तव आँफु पत्नीको मृत्युको व्यर्थ चिन्ताले द्रविभुत भएको थाहा भएपछि उत्तरा पन्थमा गएर सवै इन्दीयहरुको वृत्तिलाई वन्द गरि ध्यानमा वसेको भन्ने छ, यसको अर्थहो हामी पनि चिन्ता,डिपे्रशनबाट वुद्दि मलिन भएको अवस्थामा  जीवनलाई पवित्र र थप चेतन ‘कन्ससनेस’ गराउन इन्द्रियहरुको वृ्िरत्तलाई एकछिन स्थगित गरि ध्यान साधनामा गएर सुधार गर्न सकिने सन्देस दिएको छ कथाले । ध्यान र साधनाले हाम्रो मलीन वुद्दि र विचार निर्मल वन्दछ तव हामी ठीक वेठीक छुट्रटयाउदै आफना कर्तव्य र लक्षहरुको पुर्तिका लागि पुरै वल लगाएर काम गर्न सक्ष हुन्छौ ।  

ध्यानबाट चित्त निर्मल भएपछि शिवले आफ्रनो कर्तव्य सम्हाल्दै राक्षस तारकासुरको वध गर्दै  व्रम्हान्ड संन्चालनको काममा फर्किए । कथालाई मिथकीय रुप दिएर चामात्कारिक कुराहरुको वर्णनले धर्ममा आस्था नराख्नेहरुको लागि अपत्यारिलो जस्तै वनाएता पनि स्वस्थानी व्रत कथाको सन्देस आधुनिक लेखकहरुको जस्तै प्रेरणा दायक छ । लेखक स्वेट मार्डेनको उपरोक्त किताव मिराकल इन ह्रयुमन अनुसार पनि हामी हरेक संग अथाह शक्ति र संभावना छ, दृढ ईच्छाशक्तिका साथ योजना सहित अगाडि वढ्रेमा जस्तो सुकै लक्ष पनि हासिल गर्न सकिने छ ।  हामी संग विश्वास र संकल्प नामको जादुको छडी छ, यो छडीलाई घुमाएर जीवनमा इच्छित फल प्राप्त गर्न सकिन्छ तर यसको लागि सुखद कल्पनाको सहारा लिएर भएपनि हर पल मनलाई उल्लासमय वनाउन पर्नेमा जोड दिन्छन उनी ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …