तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता बदर हुने गरी फैसला दिएसँगै दुवै पार्टी पूर्ववत तहमा अस्तित्वमा आएका छन् । नेकपामा पुष्पकमल दाहालसँग सहकार्य गरेका माधवकुमार नेपाल समूहले अदालतको फैसलासँगै पूर्वएमालेमै रहने निर्णय लिएको छ ।

नेकपामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कठोर आन्तरिक संघर्ष गरेका नेता नेपाल अब एमालेमा ओलीकै नेतृत्वको कमिटीमा वरिष्ठ नेताका रुपमा रहने छन् । योसँगै उनी एमालेमा राजनीतिक र सांगठनिक रुपमा के मुद्दा उठाउँछन् ? आमचासो बढेको छ ।

नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको अन्तिम बैठकमा नेपालले एमालेभित्र आफूले उठाउने मुद्दाबारे जानकारी गराएका छन् । दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अगाडि एमालेको नेपाल समूहको स्थायी कमिटीको पनि बैठक बसेको थियो । सोही बैठकले अदालतको फैसला अनुसार एमालेमै फर्कने निर्णय लिएको थियो ।

त्यसपछि दाहाल–नेपाल समूहको बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको थियो । एमालेमा फर्केपछि नेपाल समूहले राजनीतिक, सांगठनिक र सरकारको विषयमा अहिले उठाइरहेको मुद्दालाई निरन्तरता दिने भएको छ । पेरिसडाँडामा भएको अनौपचारिक बैठकमा नेता नेपालको भनाइ थियो– ‘अदालतको फैसला अनुसार प्राविधिकरुपमा हामी पूर्ववत् पार्टीमा फर्कनुपर्ने भयो । अब एमालेमै बसेर पनि हामीले अहिले उठाइरहेका मुद्दा उठाउँछौँ । -कान्तिपुर दैनिक

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …