पोर्चुगल । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेकी छिन् ।
नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उनले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गरिन् ।
उनले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्छ भनिन् ।
कार्यक्रममा नेपाली कांग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, अधिवक्ता विष्णु बस्याल र लैङ्गिक विशेषज्ञ डा ज्योति तुलाधर, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज पोर्चुगलका अध्यक्ष विनोद धिमाल जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली नारी समाज पोर्चुगलका संस्थापक अध्यक्ष सीता बरालले महिला दिवसमा महिला हकअधिकारमा गोष्ठी मात्रै नभही नामको मात्रै नभई साच्चिकै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विचार राखेका थिए ।
समाजका कार्यवाहक अध्यक्ष मिना माया खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता श्रेष्ठले गरेकी थिइन् । यसैगरी एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा नेपाली महिला समाज पोर्चुगलले महिलाका लागि ‘कानूनी परामर्श’ विषयक एकदिने प्रशिक्षण तथा अन्तक्र्रिया आयोजना ग¥यो । कार्यक्रममा वरिष्ठ कानूनविद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल वर्तमान समयमा नेपाली महिलाले भोग्नुपरेको समस्या र कानूनी प्रावधानको अवस्थाबारेमा जानकारी दिइन् ।
गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले नेपाली महिला राज्यले दिएका आरक्षणको मुख ताक्ने होइन आफ्नो ठाउँबाट आफ्नो सक्षमता प्रदर्शन गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाउनुपर्ने बताइन् ।
समाजका अध्यक्ष निर्मला खराल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एनआरएनए अध्यक्ष तिलक गैरे, एनआरएन आइसिसी सदस्य रामशरण सिमखडा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बू पत्रकार महासङ पोर्चुगल सहसंयोजक राजकुमार थापा, जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा सेर्पा केदुङ पोर्चुगलका अध्यक्ष निल्हुम सेर्पा, किराँत चुम्लुङ याक्थुङ पोर्चुगलका अध्यक्ष दिपा लिम्बू र जनप्रगतिशील मोर्चा टङ्क खड्का कार्यक्रममा सफलता शुभकामना व्यक्त गरेका थिए ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …