तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । जल तथा मौसम बिज्ञान विभागले आगामी तिन दिनको मौसम पूर्वानुमान जारि गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २४ गते (सोमबार)

दिउँसो :  सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

 फाल्गुन २५ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

 फाल्गुन २६ गते (बुधबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 राती :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भू-भागहरुको थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ । साथै देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेने हुनाले आवश्यक सतर्कता अपनाउनको लागि मौसम विभागले अनुरोध गरेको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …