तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

दैलेख। भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन ।

बिहीबार ग्वालियर नजिकै भिन्ड नेसनल हाइवेमा भएको दुर्घटनामा दुल्लु नगरपालिका–६, खर्चेगैराका दम्पतीसहित चार जनाको मृत्यु भएको थियो ।

कान्तिपुर दैनिकको खबर अनुसार मृत्यु हुनेमा ५० वर्षीय कालो रावल, उनकी ४० वर्षीया श्रीमती सुर्जा, भतिजा १८ वर्षीय टोपेन्द्र र सोही गाउँका ३७ वर्षीय तिलक जीसी छन् । रावल दम्पतीका जेठा छोरा प्रकाशसहित ७ जना घाइते छन् ।

रावलका भतिज कृष्णका अनुसार बिहीबार बिहान करिब ५ बजेतिर विपरीत दिशाबाट गएको ट्रकले ठक्कर दिँदा भ्यान दुर्घटना भएको हो । उनीहरू भ्यान रिजर्भ गरेर फर्किरहेका थिए । दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखतबहादुर खड्काले शव ल्याउन स्थानीय सहकारी संस्थाबाट ऋण र गाउँलेबाट सापटी मागेर पठाइएको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …