तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सदस्य कृष्ण खत्रीले कांग्रेसमा पुरानालाई सम्मान र नयालाई अवसर दिनेे बेला आएको बताउनु भयो ।

अाउने १४ औं महाधिवेशनमा गाउँ–गाउँबाट नयाँ नेतृत्व आउँनु पर्ने नेता केसीको भनाई छ। नेपाली कांग्रेस पार्टीलाई योगदान गरेका धेरै व्यक्ति गाँउ–गाँउमा छन् । तिनीहरुले अवसर पनि पाएका छैनन् । तिनलाई हामीले सम्मान दिनुपर्ने नयाँ अनुहारलाई नेपाली कांग्रेसभित्र आकर्षित गर्ने वातावरण निर्माण गर्नु आवश्यक देखिएको खत्रीको भनाई छ।

मूलतः नेपाली कांग्रेसभित्र जसको जे क्षमता छ, त्यसलाई त्यो भूमिका दिनुपर्ने उहाले भन्नू भएको छ । सबैमा एउटै खुबी हुँदैन तर, राजनीतिमा सबैको भूमिकाको सुनिश्चितता गर्न सकिन्छ । सबैलाई पद दिन नसकिएला, तर सबैलाई राजनीतिक भूमिका त दिन सकिने नेता खत्रीको भनाई छ।

नेतृत्वका सवालमा हामीले तीनवटा कुरालाई एकदमै ध्यान दिनुपर्नेछ । विचारमा स्पष्ट, संगठन गर्ने क्षमता भएको र सबै कार्यकर्तालाई मिलाएर लैजान सक्ने क्षमता भएको चाहिन्छ । आमनागरिकमा लोकप्रिय हुन पनि जरुरी छ । पार्टीका लागि र जिल्लाका लागि योगदान गरेको व्यक्तिको मूल्यांकन गर्नुपर्छ, कुन–कुन आन्दोलनमा के–के भूमिका निर्वाह गर्यो भन्ने कुरालाई हेरेर । नेतृत्वका लागि आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता पनि चाहिन्छ ।

राजनीतिमा जनताको विश्वास जित्न सक्ने नेता चाहिने स्पष्ट पार्नुभयो। जनताले त्यस्तो नेतालाई मन पराउँछन्, जसले हाम्रा लागि आफ्नो लागिभन्दा धेरै गर्छ भनेर जनताले विश्वास गर्ने हुनुपर्छ । जनताले विश्वास गर्ने नेतृत्व आएपछि हामी आमजनमाझमा स्पष्ट र बलियो हुन सक्छौँ भन्ने लाग्छ । यसले आफ्नो होइन, देश र जनताको स्वार्थ हेर्छ है भनेर जनताले विश्वास गर्ने नेता चाहिएको छ । जुन राजनीतिको लक्ष्य पनि हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …