तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर।दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ । 

भोलि फागुन २३ गतेबाट शुरू हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

भक्तपुरका ४ वटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर ज्येष्ठ नागरिकलाई खोप दिने भएको उनको भनाइ छ ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा निर्धारण गरिएको १०/१० तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ११/११ गरी कूल ४२ खोप केन्द्रबाट खोप दिइने भएको छ । फागुन २३ गतेबाट ९ दिन भित्रमा भक्तपुरमा १२ हजार ८०२, मध्यपुरमा १२ हजार ८५२, सूर्यविनायकमा १२ हजार ९३ र चाँगुनारायणमा ८ हजार ९३३ गरी कूल ४६ हजार ६८० जनालाई खोप लगाइने प्रमुख मिजारले जानकारी दिए । त्यसबाहेक पहिलो चरणको खोप अभियानमा छुटेकाहरूलाई पनि दोस्रो चरणको अभियानमा खोप लगाइने लक्ष्य लिएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त १ खोपकर्ता र ३ स्वास्थ्यकर्मी खटाइने भएको छ । दोस्रो चरणको खोपअभियानमा कूल ४२८ स्वास्थ्यकर्मी, १ हजार २८४ स्वयंसेवक परिचालन गरिने भएको छ ।

खोप अभियान सफल पार्न वडास्तरीयदेखि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरीवेक्षण र अनुगमन गरिने भएको छ । 

स्वास्थ्य कार्यालयका खोप अधिकृत प्रेम श्रेष्ठले खोप लगाउँदा कसैलाई स्वास्थ्यमा समस्या आएमा तत्काल उपचारका लागि आईसीयू सहितको उपचार व्यवस्था गरिएको बताए । पहिलो चरणको खोप अभियानमा खासै स्वास्थ्यमा जटिल समस्या नआए पनि पूर्व तयारी भने गरिरहेको उनको भनाइ छ ।

खोप लगाएको केही घण्टापछि ज्वरो आउने, जाडो महसूस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने भए पनि यस्ता लक्षण १–२ दिनमै आफैं निको हुने र आवश्यकता परे सिटामोल खान सकिने प्रमुख मिजारको भनाइ छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …