तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिअोपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू अौषध बरामद गरेको हो ।

प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित पश्चिम गण्डक नहरको पुलबाट सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीले पैदल यात्रीलाई चेकजाँच गर्न खोज्दा ब्याग ( झोला ) फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । शंकाको अधारमा ब्यागलाई चेकजाँच गर्दा उक्त ब्यागबाट ठुलो मात्रामा लागू अौषध बरामद भएको सशस्त्र प्रहरी नेपाल गुठी परसौनीले जनाएको छ । 

उक्त ब्यागबाट क्लोराफेनरामाइन मिलेट र कोडिन २५ पिस सिरफ, ट्रमाडोल र एसिटामिनोफेन ४२ पत्ता, नाइट्रोभेट २ सय २२ क्यापसुल, बुप्रिनोरफिन २० पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड ४० पिस , केही मात्रामा गाजा सहित लागु औषध बरामद गरेको हो । बरामद भएको उक्त लागू अौषदको अनुमानित मुल्य ७० हजार रहेको सशस्त्र प्रहरीले बताएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

सिमा क्षेत्रबाट लागू अौषध अोसारपसार भइरहेको जन गुनासो बढिरहेको अवस्थामा गण नं २६ बेलाशपुरका एसपी महेश अधिकारीको विशेष निर्देशनमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो । लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । 

लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, बसहिया, बन्नकट्टी लगायतको नाकाबाट लागू पदार्थ अोसारपसार हुने गरेको स्थानियले बताउँछन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …