तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ।

गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो।

रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पु¥याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो। मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोशाकजस्ता मालबस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको छ।

नेपालीको दशैँ जस्तै चीनको तिब्बतमा वर्षको एक पटक कम्तीमा तीन हप्ता मनाइने ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएका कारण बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले जनाएको छ। सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए।

गत तीन महिना अगाडिदेखि रसुवामा कोरोनाको सङ्क्रमण शून्यमा झरिसकेको र कोरोनाविरूद्धको खोपसमेत लगाउन शुरू भई सबै नागरिक भयरहित वातावरणतर्फ फर्किसकेकाले जिविकोपार्जनका लागि गर्दै आएका पेशा वा व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सुझाव दिएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले बताए।

रसुवागढी नाका क्षेत्रमा काम गर्ने भन्सार, अध्यागमन कार्यालयका कर्मचारी, मजदूर तथा ढुवानीका सवारी साधन चलाउने चालकसमेतलाई एक महिना अगाडि नै कोरोनाविरूद्धको भ्याक्सिन लगाइ सकिएको बताउँदै प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा अब कोरोनाको आशङ्का नर्गन सबैपक्षसँग आग्रह गरिएको बताए।

कोरोना सङ्क्रमणको जटिल समस्याआई देश लकडाउन भएका बेलादेखि हालसम्म चिनियाँ भूभागमा रोकिएका सवारी साधन १८ वटा मात्र भएको पाइएको र ती सवारी साधन लिन जान चाहने सवारीधनीलाई आफ्नो संस्थाको तर्फबाट पहल गरिने रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष सञ्जिव अमात्यले बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …