तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपियाँ भएको छ । नेपालीको प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा गणनाको आधार वर्ष परिवर्तन (रिबेसिङ) गरेका कारण कुल गार्हस्थ्य उत्पादनमा एक खर्ब ७६ अर्ब रुपियाँ र प्रतिव्यक्ति आयमा ७६ डलरले वृद्धि देखिएको हो । पुरानो आधार वर्षको आधारमा गरिएको गणनामा कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब र प्रतिव्यक्ति आय एक हजार ५८ डलर थियो ।

राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दा लिइएको आधार वर्षलाई प्रतिस्थापन गरी नयाँ आधार वर्ष गर्ने कार्यलाई राष्ट्रिय लेखा तथ्याङ्कको ‘रिबेसिङ’ भनिन्छ । नयाँ आधार वर्षकै आधारमा आगामी आर्थिक वर्षका स्थिर मूल्यमा गणना हुन्छ । आधार वर्ष परिवर्तन गर्दा स्थिर मूल्य पनि परिवर्तन हुने भएकाले नयाँ स्थिर मूल्यलाई आधार मानेर गणना गर्दा पहिलेको राष्ट्रिय लेखा तथ्याङ्कमा पनि परिवर्तन आउँछ । यसअघि आर्थिक वर्ष २०५७÷५८ (सन् २०००÷०१) लाई आधार वर्ष मानिएकोमा अब नयाँ आधार वर्ष २०६७÷६८ (२०१०÷११) लाई मानिएको छ । यो पाँचौँ आधार वर्ष हो । विभागले बिहीबार पत्रकार सम्मेलन गरी कुल गार्हस्थ्य उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरिएको भन्दै अर्थतन्त्रको पछिल्लो अवस्थाको जानकारी दिएको छ ।

नयाँ गणनामा आ.व. २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उक्त वृद्धिदर २.२७ प्रतिशत रहने अनुमान प्रस्तुत गरिएको थियो ।

आ.व. २०७६÷७७ को अन्तिम तीन महिना(वैशाख, जेठ र असार)मा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले अर्थतन्त्र खुम्चिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ ।

कोरोना (कोभिड–१९) महामारीले अर्थतन्त्रमा २०७२ सालको भूकम्पले भन्दा बढी क्षति पु¥याएको विभागले जनाएको छ । कोभिड–१९ को असर सबैभन्दा बढी आवास तथा भोजन र यातायात तथा भण्डार क्षेत्रमा परेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …