तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका महिलाहरु मकैको खोसेलाबाट विभिन्न सामग्री बनाउन सक्ने भएका छन् ।

नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने एक महिने सीप विकास तालिम दिएपछि खोसेलाबाट विभिन्न सामग्री बनाउन सक्ने भएका हुन ।

मकैको खोसेलाको विभिन्न सामग्रीको निर्माण गर्ने सीप विकास तालिम पाएपछि पिरा, डोरम्याट, टि म्याट, झोला, चप्पल, फुलदानी, गमला, टोपी, डाइनिङ म्याट र चकटी बनाउन सक्ने भएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले जानकारी दिनुभयो ।

महिलाहरुले तालिम अवधिमा निर्माण गरेको मकैको खोसेलाबाट बनेका १२ हजार ६३० रुपैयाँ बराबरको सामग्रीहरु महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष देविका बुढाथोकीले खरीद गरिदिनु भएको छ ।

अबका दिनमा महिलाहरुले निर्माण गरेको मकैको खोसेलाका सामग्रीहरु विक्रीका लागि वजारीकरणको जिम्मा पनि महिला उद्यमी महासंघ केन्द्रीय अध्यक्ष बुढाथोकीले लिनुभएको उपप्रमुख राईले जानकारी दिनुभयो ।

महिलाहरुले बनाएको सामग्रीको मूल्य पनि निर्धारण गरिएको छ । उनीहरुले मकैको खोसेलाबाट बनाएको सामग्रीहरु चिनसम्म निर्यात हुने वातावरण बनेको छ । एक महिने सीप विकास तालिमको समापनमा वोल्दै सहभागी महिलाहरुले अब मकैको खोसेलाबाट आर्जन गर्ने बताएका छन् ।

३० जना महिलाहरुले तालिममा भाग लिएका थिए भने केही समयपछि धितुङमा पनि मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने तालिमको आयोजना गरिने नगरपालिकाले जनाएको छ । माग र इच्छा अनुसार अन्य ठाउँमा पनि तालिम गराउने नगरको लक्ष्य रहेको छ ।

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमका लागि नगरपालिकाले ४२ लाख ६० हजार वजेट विनियोजन गरेको छ । सो वजेटबाट विभिन्न महिला उद्यमी तालिम, कोसेली घर निर्माण लगायतका महिलामैत्री कार्यक्रमहरु गरिने जनाएको छ ।


तालिमको समापनमा बोल्दै नगरप्रमुख इवन राईले तालिममा सहभागीहरु मध्य उत्कृष्ट ५ जनालाई थप तालिमका लागी काठमाडौं पठाउने ब्याबस्था नगरपालिकाले गर्ने र यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न ठूलो सहयोग गरेको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …