नवलपरासी ।नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि कोरोना विरुद्धको खोप लगाउने बिषयमा खोप समन्वय समितिका पदाधिकारीहरुसंगको अभिमुखिकरण तथा संचारकर्मीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाको पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई कोरोना विरुद्धको खोप सम्बन्धि अभिमुखिकरण तथा संचारकर्मी बिच अन्तरक्रिया कार्यक्रममा फागुन २३ गतेदेखि खोप लाग्ने जानकारी गराइएको हो।
प्रतापपुर स्वास्थ्यशाखाको आयोजनामा कोरोना विरुद्धको खोप सचेतना कार्यक्रम गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु चौधरीको अध्यक्षतामा भएको हो ।
कोरोना भाइरस तथा रोग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्यका साथ कोभिड १९ विरुद्ध खोपबाट रोगको रोकथाम , खोप लगाउदा ध्यान दिनुपर्ने कुराहरु , देखिने समान्य लक्षण ,बच्ने उपाय, खोप अभियान सन्चालन रणनीति, प्रचारप्रसार, खोप केन्द्र व्यवस्थापन तथा स्वमसेवक सेविका परिचालन विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
फागुन २३ गते देखि गाउँपालिकाको वडा १ देखि ९ सम्मका ५५ बर्ष माथि चरणको खोप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख ऋषिदेव चौधरीले जानकारी दिए । प्रतापपुर गाउपालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतका पहिलो र दोस्रो चरणमा तीन सय सैतिस जनाले खोप लिइ सकेको समेत जानकारी गराइएको थियो भने तेस्रो चरणमा जेष्ठ नागरिक , जनप्रतिनिधि , सवारी चालक गरि करिब सात हजार भन्दा बढिले खोप लिने लक्ष्य लिएको गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ त्यसैगरी स्वास्थ्य शाखाको प्रमुखलाई खोप बिषयमा जानकारी दिने प्रवक्ताको रुपमा चयन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु चौधरी, वडा अध्यक्ष, स्वास्थ्यकर्मी,सन्चारकर्मी लगाएतको सभागीता रहेको थियो ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …