तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिनुभएको हो ।

स्वास्थ्य केन्द्र नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ ।

अर्थ मन्त्रालयले यस्ता स्वास्थ्य केन्द्र निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि दुई अर्ब ६९ करोड रुपियाँ निकासा भइसकेको जानकारी दिनुभयो ।

स्थानीय तहमा स्वास्थ्य केन्द्र निर्माण गर्न सरकारले २०७५ सालमै कार्यविधि जारी गरी सोहीअनुसार निर्माणको काम अघि बढाइसकेको छ । नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था उल्लेख भएअनुसार त्यसको कार्यान्वयनका लागि सरकारले कार्यविधि जारी गरेर स्वास्थ्य केन्द्र निर्माणको काम सुरु गरेको हो । गत मङ्सिर १५ गते सरकारले एकैपटक ३०८ वटा स्वास्थ्य केन्द्र निर्माणको शिलान्यास गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …