तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका तयार भएसंगै पार्टीका विभिन्न निकायहरू महाधिवेशन सफल बनाउन सकृय हुन थालेका छन् ।

नेपाली काङ्ग्रेस खोटाङ क्षेत्र नं.-२ अन्तर्गत रहेका दिक्तेल रुपाकोट मझुवागढी नगर पालिकाका वडा नं.- ४, ५, ६, ७, ८ र ९ नं. को नयाँ तथा नविकरण  कृयाशील सदस्यता फारम नगर सभापति दुर्गाप्रसाद घिमिरेले क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई बुझाएका छन ।

नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको निर्णय तथा विधानमा उल्लेख भए अनुसार केन्द्रीय कार्यालयबाट जिल्ला हुँदै क्षेत्रीय समिति पालिका समिति र वडा समितिलाई कृयाशील सदस्यता फारम लैजाने र सोही  क्रम अनुसार क्रमशः केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताउनुभयो ।

क्षेत्रीय सभापति भट्टराईले बताए अनुसार खाल्लेबाट नयाँ ८६ , पुरानो १०६, लफ्याङ – नयाँ १०४ , पुरानो १६७ , नेर्पा नयाँ ४६ , पुरानो २४, दोर्पा (७) नयाँ ३४ ,पुरानो २३, दोर्पा (८) नयाँ २१, पुरानो ३० र निर्मलीडाँडा नयाँ ५० , पुरानो ३७ रहेको जनाएको छ । 

भोलि १९ गते २ नं . क्षेत्र अन्तर्गतका सबै कृयाशील सदस्य फारम जिल्ला पार्टी कार्यालयलाई बुझाउने सभापति भट्टराईले बताउनुभयो।

त्यस्तै क्षेत्र नं.-१ को कृयाशिल सदस्याता फारम २-३ दिनमा जिल्लामा बुझाइने क्षेत्रीय सभापति इवन राईले बताउनुभयो 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …