तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिवन पाख्रीन तामाङ

१८ फागुन झापा । पुर्वाञ्चल क्यान्सर अस्पताल समुद्घाटन कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता झापा जिल्ला सभापति उत्तम थापाले प्रधानमन्त्रीकै अगाडि भने , ‘ एउटा नेकपा सडकमा अर्को नेकपा सत्तामा छन हामी काङ्ग्रेस यी दुबै पक्ष सदनमा प्रतिनिधित्व गरोस् भन्ने कामना गर्छौ,अबको दुई बर्ष सत्तामा बसेर सरकार सन्चालन गरेको देख्न चाहान्छु २ बर्ष पुरा गरोस्।’

उनले थपे , ‘ लोकतन्त्रमा दलहरू विभाजन भएमा दलहरू कमजोर भएमा लोकतन्त्र नै समाप्त हुन्छ भन्ने काङ्ग्रेसको चिन्ता छ त्यसैले नेकपा दुबै समुह एक भएर अगाडि बढाेस हाम्रो कामना छ।’

देशमा भएको वर्तमान राजनितिक परिस्थितिलाई नियाल्दै थापाले देशमा जनताको अधिकारको निमित्त लोकतन्त्रको निमित्त ठुला ठुला आन्दोलनहरु प्राप्त गरेको स्मरण गरेका छन।

धेरै नेपालिहरुले रगत र पसिना बगाएर सहादत प्राप्त गरि व्यवस्था भएको लोकतन्त्र अहिले धरापमा पर्न लागेको उनको बुझाई रहेको छ। नेकपा एक नभए लोकतन्त्र मसिने कुरा उनले उल्लेख गरेका छन।

‘हामीलाई सत्ताको कुर्सीको लोभ छैन हामीलाई लड्डु हातमा बोकेर हिड्नु छैन।
हामी नेपाली काङ्ग्रेस विभिन्न आन्दोलन बाट प्राप्त लोकतन्त्र गणतन्त्रलाई सस्थागत बिकास र स्थायीत्व राख्न चाहान्छौ।’ उनले भने।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …