प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे संगै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) दुई धारमा विभाजित हुन् पुग्यो । त्यस्तै सर्वोच्च अदालतले सरकारको संसद विघटनको कदमलाई बदर गरेसंगै देशले फेरी नयाँ राजनीतिक मोड लिएको छ ।
अब नयाँ सरकार कसको नेतृत्वमा बन्ला भन्ने कुराले धेरैको ध्यान तानेको छ । नयाँ सरकार गठन हुने स्थिति आईहाल्यो भने प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपालि कांग्रेसले के गर्ला को संग मिलेर अगाडी बढेर जाला भन्ने विषय पनि चासोको विषय बनेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका बिचमा बैठकमा भनाभन पनि सुरु भएको थियो । यसले गर्दा आमकार्यकर्ताहरुमा नेपालि कांग्रेसमा पनि खटपटको स्थिति पैदा भएको हो भन्ने पनि शंका उत्पन्न भईरहेको छ ।
यस्तै विषयहरुलाई समेटेर आगमनखबरका पत्रकार दिनेश अर्याल ले संसदीय दलका नेता तथा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण संग कुराकानी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन पछिको अवस्था र सर्वोच्च अदालतले विघटन बदर गरिसकेपछिको अवस्थालाई कसरि हेर्नुभएको छ ?
प्रधानमन्त्रीको सिफारिसमा भएको संसद विघटनलाई नेपालि कांग्रेसलगायत नेपालका सबै राजनीतिक दलहरुले असंबैधानिक भनेर परिभाषित गरेका थिए । ओलीको यो कदमलाई सच्च्याउनुपर्छ भनेर हामीले पनि माग गरेका थियौं।सर्वोच्च अदालतले यसलाई बदर गरिदिएको छ र अहिले नेपालको राजनीति एकपटक फेरी संसद गतिविधितर्फ केन्द्रीत भएको छ ।
अहिले देश जुन राजनीतिक अवस्थामा गुज्रीरहेको छ, समग्र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै एक प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपालि कांग्रेस अब कसरि अगाडी बढ्ला ?
अब नेपालि कांग्रेसको मूल दृढता संविधानको रक्षा गर्न सकियोस, लोकतान्त्रीक मूल्य मान्यतालाई जगेर्ना गर्न सकियोस भन्नेमा रहेको छ । र बहुलवादमा आधारित बहुदलीय व्यवस्था र संघिय लोकतान्त्रीक गणतन्त्र नेपालमा व्यवस्था रहेको छ । अहिले नेपालि कांग्रेसले तिनै मूल्य मान्यतालाई ध्यानमा राख्दै अगाडी बढ्छ र संघीय लोकतान्त्रीक गणतन्त्रलाई रक्षा गर्ने तथा कसरि सफल बनाउने, प्रजातान्त्रीक मूल्य मान्यताको कसरि जगेर्ना गर्ने भन्ने विषयमा केन्द्रीत रहेर कांग्रेस अगाडी बढ्नेछ ।
नेपालि कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको छ र अवधि पाँच वर्षको छ, देशमा राजनीतिक अवस्थाले नयाँ मोड लिने अवस्था सिर्जना भईराख्दा कांग्रेस सरकारमा जाने कि पाँच वर्षसम्म केहि नगर्ने ?
हामीहरु सरकारमा जाने या नजाने भन्ने सम्बन्धमा कांग्रेस त्यो विषयमा प्रवेश गरेकै छैन । देशको प्रमुख राजनीतिक पार्टी नेकपामा नै ठुलो मतान्तर रहेको र त्यसलाई व्यवस्थापन गर्न नसकेको कारणले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो । प्रतिनिधिसभा पुनर्स्थापना भईसकेपछि नेकपाको विवाद अब कुन रुपले अगाडी बढ्छ र नेकपाका नेताहरुले अब पार्टीलाई कुन रुपले अगाडी लैजान्छन भन्ने कुराले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । नेपालि कांग्रेस लोकतान्त्रीक पार्टी हो, त्यसैले यसले लोकतान्त्रीक मूल्य मान्यतामा विश्वास गर्दछ । हामि संसदीय व्यवस्थाको पक्षधर हौँ, त्यसैले संसदीय व्यवस्थाले मुलुकलाई निकास दिन्छ र यसले नै राजनीतिक मुद्दाहरुलाई टुंग्याउँछ भन्ने कुरामा हामि विश्वस्त रहेका छौं ।
नयाँ सरकार बन्ने अवस्था आयो भने नेपाली कांग्रेसको साथ् कसलाई होला ? विभाजित नेकपाको प्रचण्ड- माधव पक्ष अथवा केपी ओली पक्ष या अन्य कुनै ?
अब पहिलो कुरा त उहाँहरु नै स्पष्ट हुन् आवश्यक छ । उहाँहरुले के गर्नुहुन्छ भन्ने विषयले मुलभूत रुपमा महत्व राख्छ । नेपालि कांग्रेसले कसलाई साथ दिने वा को संग सहकार्य गर्ने भन्ने विषय उहाँहरुले कस्तो कार्यदिशा लिएर अगाडी बढ्नुहुन्छ भन्ने कुरामा जोडिएको छ ।
त्यसो भए दुई पक्षमा विभाजित नेकपाको विवाद टुंगिएपछी र उनीहरुले कार्यदिशा लिएर अगाडी बढ्न सुरु गर्ने बित्तिकै कांग्रेसले विश्लेषण गरेर एक जनालाई साथ दिन्छ भन्न खोज्नुभएको हो ?
होईन, उहाँहरुले कस्तो नीति/कार्यदिशा लिएर अगाडी बढ्नुहुन्छ, संविधानप्रति उहाँहरुको धारणा के हो , संविधानप्रतिको उहाँहरुको प्रतिवद्धता के हो, संविधानप्रतिको प्रतिवद्धता पुरा गर्नुहुन्छ कि हुँदैन, संविधानलाई निस्तेज गरेर सर्वसत्तावादलाई अगाडी बढाउनुहुन्छ कि हुँदैन यो मुख्य कुरा हो । उहाँहरुको गतिविधि कार्यदिशा/कार्यनीति हेरेर हामीले छलफल गर्छौं, संवाद गर्छौं ।
विभाजित नेकपाको गतिविधि/कार्यदिशा हेरेर मात्र तपाईंहरुले कसरि र को संग अगाडी जाने भन्ने रणनीति तय गर्नुहुन्छ ?
रणनीति भन्दा पनि हाम्रो प्रौढ धारणा छ । हामि बहुदलीय शासन व्यवस्थामा विश्वास गर्छौं , एकदलीय सर्वसत्तावादमा हाम्रो कुनै पनि विश्वास रहेको छैन । यो हाम्रो संविधानले बहुदलमा आधारित बहुदलीय व्यवस्थाको सिर्जना गरेको छ, जनतालाई सर्वसत्ता प्रदान गरेको छ , अहिले शक्तिको स्रोत भनेका जनता हुन् । शक्तिको केन्द्रविन्दु नै जनता हुन् भन्ने कुरालाई हामीले मानेका छौं । त्यसकारण कुनै पार्टी देशको मालिक होईन र देशका मालिक जनता हुन् भन्ने हाम्रो पार्टीको धारणा छ । नेकपाले कम्युनिष्ट शासन व्यवस्था ल्याउन खोजेको हो । एकदलीय शासन व्यवस्थाको परिकल्पना यो संविधानले गरेको छैन । खासगरी नेकपाले कस्तो खालेको मार्गचित्र ल्याउँछ, उहाँहरु मिलेर आउनुहुन्छ कि उहाँहरु फरक फरक धारणा बोकेर आउनुहुन्छ, त्यसपछिको अवस्थालाई अध्ययन गरेर मात्र हाम्रो पार्टीले त्यस्तै व्यवहार गर्छ ।
देशको राजनीतिक अवस्था खस्किदों क्रममा रहेको छ । देशको राजनीतिक अवस्था यस्तो अवस्थामा आउनको लागि कांग्रेसले कसलाई बढी दोषी देखेको छ ?
कम्युनिष्टले बहुदलीय शासन व्यवस्थालाई सकारात्मक रुपमा लिएको छैन , उहाँहरु एकदलीय शासन व्यवस्थाकै पक्षमा रहेको देख्न सकिन्छ । नेपालको संविधान कम्युनिष्टहरुकै सहयोग र सहकार्यमा बनेको हो । पछिल्लो समय कम्युनिष्ट पार्टीले संविधानको ख्याल गरेंन र सरकार र प्रधानमन्त्रीले पनि संविधानको प्रतिकुलतामा नै कदम चालिराखे । जस्तै मिडिया बिधेयक, सुचना प्रविधि विधेयक , मानव अधिकार तथा गुठि विधेयक तिनीहरु संविधानको प्रवाधान भन्दा बाहिरका विषयहरु हुन् । पछिल्लोपटक प्रधानमन्त्रीले संवैधानिक परिषदको विधेयक ल्याउनुभयो जुन संविधानको प्रचलित व्यवस्थाविपरित थियो । सरकारका मन्त्रीहरुले फेरी भंग गर्छु भन्दैछन । अहिले के भईरहेको छ भने देशको प्रधानमन्त्री नै संविधानको प्रतिकुलतामा हिड्नुभएको छ ।
यसको मतलब प्रधानमन्त्रीको नै मुख्य दोष छ , कांग्रेसको बुझाईमा ?
होईन सरकारले नै विधेयक ल्याएको हो, सरकारले नै अध्यादेश ल्याएको हो , सरकारले नै संसद विघटन गरेको हो नि ! पछिल्लोपटक मुख्य दोषी सरकार भयो । कम्युनिष्ट विचारबाहक हरुको जुन खालको दर्शन जुन खालको विचार, जुन खालको स्कुलिंग रहेको छ । बहुदलीय शासन व्यवस्थालाई उहाँहरुले सहज रुपमा लिनुभएको छैन । संविधानलाई कमजोर पार्ने संविधानलाई भत्काउने र सर्वसत्तावादको दिशामा कम्युनिष्ट अगाडी बढ्यो, त्यसैले सरकार अगाडी बढ्ने क्रममा यस्तै दुर्घटनाहरु भए ।
प्रतिनिधिसभा विघटन भएपछी देशमा चुनावी माहोलको सिर्जना त भयो नै, तर सबै पक्षले विघटनको विपक्षमा आन्दोलन गर्दा नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा जानका लागि आफु तयार भएको संकेत देखाएका थिए, कांग्रेसले त्यतिबेला किन चुनाव चाहेको ?
नेपालि कांग्रेसले आवधिक रुपमा चुनावको माध्यमबाट जनाप्रतिनिधी छनोट गर्ने र सरकारको निर्माण गर्ने कुरामा लागेको हो । त्यसैले नेपालि कांग्रेसले चुनावलाई छल्ने भन्ने कुरै आउदैन । पछिल्लोपटक प्रधानमन्त्री ओलीले गरेको संसद विघटन चुनाव गराउनको लागि थिएन, सरकारको आयु लामो बनाउनको लागि थियो । प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक रहेको हुनाले विरोध गर्ने पर्थ्यो र विरोध गरेको पनि हो । न्यायपालिकामा यो मुद्दा पुग्यो, न्यायपालिकालाई कुनै दवाबमा नपारिकन अदालतको फैसलालाई हामीले स्वागत गर्छौं भनेका थियौं नि त ।
पछिल्लो समय नेपालि कांग्रेसमा नेता शेरबहादुर देउवा तथा रामचन्द्र पौडेलको बीच बैठकमै भनाभन भएको थियो । के कांग्रेसभित्रै पनि अब खटपटको स्थिति सिर्जना हुन् लागेको हो ?
पोलिटिकल इस्युमा उहाँहरुको छुट्टै व्यक्तिगत धारणाहरु होलान । नेपालि कांग्रेसको पदाधिकारी बैठकले पनि ओलीले जुन प्रतिनिधिसभाको विघटन गरे यो असंवैधानिक हो अलोकतान्त्रीक हो , यसले सर्वसत्ता र निरंकुशतालाई बल पुर्याउँछ भन्ने निष्कर्ष निकालेको हो । केन्द्रीय समितिको बैठकले पनि संसद विघटनलाई असंवैधानिक अलोकतान्त्रीक ठानेको थियो समग्रमा कांग्रेसको आधिकारिक धारणा यहि नै हो । भविष्यमा कस्तो नेपाल बन्ला , नेपालमा सरकारको कारणले जनआन्दोलन भयो आन्दोलनले कस्तो आकार लेला, देश कतातार्फ़ जाला , नेपालको राष्ट्रीय राजनीतिलाई यसले कुन रुपमा घुमाउला भन्ने विषयमा नेताहरुले आफ्नो आफ्नो धारणा राख्नुभयो ।
त्यसो भए कांग्रेस विभाजित छैन ?
केन्द्रीय समितिको निर्णयलाई हामीले मान्दै आएका छौं र मान्नुपर्छ । नेताहरुले व्यक्तिगत रुपमा आफ्नो आफ्नो धारणा राख्नुभयो होला त्यो अलग कुरा हो समग्रमा पार्टीको निर्णय नै आधिकारिक हो । यस्तो कुरालाई लिएर कांग्रेस विभाजित हुन् आवश्यक छैन ।
देशकै ठुलो लोकतान्त्रीक पार्टी भएर पनि नेपालि कांग्रेसभित्र नै आन्तरिक लोकतन्त्र कमजोर भयो भन्ने आरोप पनि छ, समग्रमा यसलाई कांग्रेसले कसरि बुझेको छ ?
नेपालि कांग्रेस एक लोकतन्त्रमा विश्वास राख्ने पार्टी हो । पार्टीभित्र पनि हामीले समावेशी लोकतन्त्रलाई स्थापित गरेका छौं । सबैको पहिचान देखिने खालको विधान बनाएका छौं । हाम्रो विधानहरु लोकतान्त्रीक छन अधिवेशन पनि लोकतान्त्रीक नै हुन्छ ।
देश राजनीतिक संकटमा फस्ने सम्भावना व्यापक छ , अब देशले अब कसरि निकास पाउला त ?विश्वास राखेका छन्
लोकतन्त्र जनताको जीवनको अभिन्न अंग हो । सबै नेपालि जनताहरुले लोकतन्त्रमा नै विश्वास राखेका छन् । लोकतन्त्रका लागि धेरै जनताहरुले आन्दोलन गरिसक्नुभएको छ । विभिन्न कालखण्डहरुमा लोकतन्त्रलाई कमजोर बनाउने खेलहरु खेलीरहेका छन् । सर्वसत्तावाद लाद्ने दुष्चक्रमा पनि नेपाल फंसेको देख्न सकिन्छ । लोकतन्त्रको दुनियाँमा सबैले लोकतन्त्रमा विश्वास गरुन , लोकतान्त्रीक मूल्य मान्यतालाई आत्मसात गरेर अगाडी बढ्न सकियो भने निकास पाउन गाह्रो छैन ।
दुई धारमा विभाजित नेकपाको विवाद सल्टाउने कार्यका लागि कांग्रेसले कस्तो भूमिका निर्वाह गर्न सक्ला ?
सरकार संविधानको आधारशिलामा बन्ने गर्दछ । जनताको जीवन रक्षा गर्ने प्रमुख दायित्व सरकारको हो । सरकार संविधान रक्षाको लागि पनि गम्भीर बन्दैन, नागरिकको जीवन रक्षाको लागि पनि गम्भीर बन्दैन । यो नै अहिलेसम्मको सबैभन्दा ठुलो बिडम्बना हो । किनभने कम्युनिष्टको बिचारबाहक राजनीतिक दलहरुलाई अधिनायकवादमै उहाँहरुलाई विश्वास छ । अहिलेको दुनियाँमा सर्वहाराको अधिनायकवादले कुनै पनि विचारका नाममा सर्वसत्तावाद लुकेर बस्न सक्दैन । समय लोकतन्त्रको पक्षमा छ, सरकारले सबैको जनआकांक्षालाई बुझ्न सकोस भन्ने हाम्रो धारणा हो ।
एक संसदीय दलको नेताको हैसियतले नेपालि कांग्रेसलाई अब कुन पोजिसनमा उभ्याउने सरसल्लाह दिनुहुन्छ ?
कांग्रेस संविधानको रक्षामा प्रतिवद्ध रहेको छ । संसदीय व्यवस्थाले नेपाल जस्तो भाषिक , सांस्कृतिक जातीय र विभिन्न विविधताको मुलुकमा संसदीय प्रणालीले सबैलाई समान रुपमा सम्बोधन गर्ने र सबैको चाहना देखिने भन्ने हो । हामि संसदीय अभ्यासबाट जनतालाई थप उत्साहित गराउन चाहन्छौं, अहिले जुन खालको विविधता छ त्यसलाई सम्बोधन गर्न सक्दछौं । संसदमा हामि रचनात्मक र प्रभावकारी भूमिकामा उभिन चाहन्छौं ।
अन्त्यमा, तपाईको विचारमा नेपालि कांग्रेस सरकारमा जाँदा ठिक या नजादा ठिक ?
यो विषयमा अहिले नै भन्न सकिने स्थिति रहेको छैन । विभाजित नेकपाका दुई समुहले अब कुन कार्यदिशा/गतिविधि लिएर फिल्डमा आउनुहुन्छ त्यो हाम्रो लागि महत्वपुर्ण कुरा पनि हो । अपरिपक्व अवस्थामा नै जस्तै अहिले नै हामीले सरकारमा जाने नजाने, गए को संग जाने भन्ने केहि सोंचेका छैनौं ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …