तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सोलुखुम्बु । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्नका लागि सोलुखुम्बुमा दुईवटा आकर्षक पर्यटकीय गन्तव्य छनोट गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको आकर्षक पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र थुलुङ दूधकोसी गाउँपालिकाको सुकेपोखरी क्षेत्रलाई गन्तव्य सूचीमा समावेश गरेर आवश्यक बजेट लागत साझेदारीका आधारमा व्यवस्था गरिएको हो ।

सोलुदूधकुण्ड नगरपालिकाको सिफारिसमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँ र नगरपालिकाको दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा पर्यटकीय पार्क निर्माण हुने मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । हाल पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको पत्तालेमा अझ व्यवस्थित गर्नका लागि पार्क निर्माण गर्न नगरपालिकाले सिफारिस गरेको थियो ।

पार्कमा वृक्षरोपण, बगैँचा, शौचालयलगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताउनुभयो । सगरमाथालगायतका दर्जनौँ हिमश्रृङ्खला अवलोकन गर्ने स्थानका रूपमा रहेको पत्तालेमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटनलाई प्रवद्र्धन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै थुलुङ दूधकोसी गाउँपालिका–५, जुबुमा रहेको सुकेपोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक भौतिक संरचना निर्माण गर्न मन्त्रालयले दुई करोड ८० लाख रुपियाँ र गाउँपालिकाले एक करोड २० लाख रुपियाँ लागत साझेदारी गर्ने गरी बजेट पेस गरेको मन्त्रालयले जनाएको छ ।

जिल्लाको ऐतिहासिक, पुराताìिवक एवं रमणीय स्थल सुकेपोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएपछि ओझेलमा परेको सुकेपोखरीको मुहार फेरिने र त्यस क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्न टेवा पुग्ने भएकाले खुसी ल्याएको स्थानीयले बताएका छन् ।

थुलुङ दूधकोसी गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष असीम राईले बताउनुभयो । गोरखपत्रमा समचार छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …