तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ । उच्च अदालत सुर्खेतका न्यायाधीश श्रीमान मदन पोखरेलको श्रीमती तुलसा पोखरेल ब्राउन सुगरसहित पक्राउ परेकी छीन ।

तुलसीपुर उपमहानगरपालिका ५ निवासी ४२ वर्षीया पोखरेल लाई आइतबार दिउँसो ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले जानकारी दिए 

इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी तुलसा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि रहेकी छिन ।

उनले आफ्नो स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्दै कसैले फसाउन खोजेको  प्रतिक्रिया दिएकी छन । पोखरेललाई इ .प्र.का तुलसीपुरको थुनुवा कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …