तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुली । नेपाली काँग्रेस सिन्धुली तिनपाटन गाउँ पालिका कार्यसमितिद्वारा आयोजना गरेको बिशाल आमसभामा विभिन्न पार्टी परित्याग गरि ९४५ जना नेपाली काङ्ग्रेसमा  प्रवेश गरेका छन ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार कांग्रेसले आयोजना गरेको बिशाल आमसभाका प्रमुख अतिथि नेपाली कांग्रेस युवा नेता तथा पूर्वमन्त्री गगन थापा र बिशेष अथिति डिला सङ्गौलाले नव प्रबेशीहरुलाई कांग्रेसमा स्वागत गर्नु भएको हो ।

अहिले देशभरी नै कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढेको छ ।नेकपा सरकारबाट दिक्क लागेर आफुलाई नेकपाको कार्यकर्ता हो भनेर भन्न पनि नसकिने अवस्था सिर्जना भएको कारण नेपालि कांग्रेसमा प्रवेश गर्नुपरेको नवप्रवेशीहरुले बताएका छन् ।

कांग्रेस प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नानीबाबु कार्कीसहितका स्थानिय नेता तथा कार्यकर्ताहरुले कोङ्रेस केन्द्रीय सदस्य थापाको हातबाट कांग्रेसको सदस्यता लिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरूलाई भेदभाव नराखी क्षमताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिदै कांग्रेस पार्टी कम्युनिस्ट जस्तो झुठको खेती गर्ने पार्टी नरहेको बताउदै  मुलुक निर्वाचनतिर गएको भन्दै चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …