तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रौतहट । नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति साइकल यात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते साइकल यात्रुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

जनकपुरबाट पार्टीको कार्यक्रम सकेर हेटौंडा जाँदै गरेका नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको स्करपियोले साइकल यात्री चन्द्रपुर ६ का ५५ वर्षीय ईन्द्रप्रसाद घिमिरेलाई साढे ७ बजेतिर ठक्कर दिएको हो । 

दक्षिणबाट साइकल चढेर उत्तर लागेका घिमिरे स्करपियोको ठक्करबाट घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । घाइते घिमिरेलाई नजिकको सिभिल अस्पताल लगिएको थियो । अस्पतालले थप उपचारका लागि काठमाडौं रिफर गरेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

घिमिरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनापछि नेता भट्टराई केहीबेर इलाका प्रहरी चन्द्रनिगाहपुरमा बसेका थिए । त्यसपछि उनी अर्को सवारीमार्फत हेटौंडा गएका छन् । घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा साइकल र स्करपियो दुबै सामान्य क्षति भएको प्रहरीले जनाएको  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …