तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । ग्रामिण शिक्षा तथा वताबरण बिकास केन्द रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित द्रुत प्रभाव (Quick Impact) परियोजना अन्तर्गत मेरो रेडियो मेरो भबिस्य कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक बिध्यालयहरुमा सञ्चालन भैरहेको छ ।

वालवालिकाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि हाल यस संस्थाले सम्पूर्ण छनौट भएका बिध्यालयहरुमा वालवालिकाहरुका लागि Talent Hunt सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको हो ।

यसै क्रममा गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हलेसीतुवाचुङ नगरपालिका वडा नं.७ हलेसीस्थित महेन्द्रोदय माध्यामिक विध्यालयमा पनि गायन प्रतियोगिताको आयोजना गरियो भने फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माविमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ हलेसीस्थित महेन्द्रोदय माध्यामिक विध्यालयमा विध्यालय अन्तर्गतकै वाल ल्कवका अध्यक्ष टेलिसा राईको सभापतित्व एवं विध्यालयका प्रधानाध्यापक चक्रबहादुर राईको प्रमुख आतिथ्यता र REED NEPAL को हलेसीतुवाचुङ नगरपालिका परियोजनाकी फिल्ड अफिसर मन्जु खनियाको विशेष आतिथ्यतामा सम्पन्न भएको गायन प्रतियोगितामा ९ जना विध्यार्थीहरुले भाग लिएका थिए ।

सुरेश मल्ल, प्रतिभा राई र यविन्द्र राई को निर्णायक मण्डलले सहभागीहरुमध्ये टेलिसा राईलाई प्रथम, आशिस राईलाई द्धितिय र प्रतिक्षा राई तथा रन्जिता दाहाललाई तृतिय घोषित गरेको थियो । त्यस्तै नेपाली हामी गीत गाएर अशोक कार्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

यसैगरी फागुन १४ गते वडा नं. ११ राजापानीस्थित ज्योति माध्यामिक विध्यालयमा Talent Hunt कार्यक्रम अन्तर्गत विध्यार्थीहरुवीच कविता प्रतियोगिताको आयोजना गरिएको परियोजनाका फिल्ड अफिसर मन्जु खनियाले जानकारी दिनुभयो । प्रधानाध्यापक शम्भुप्रसाद घिमिरेको सभापतित्वमा भएको कविता प्रतियोगिता कार्यक्रममा २१ जना विध्यार्थीहरु सहभागी थिए ।

विष्णुकुमार कार्की , खेमनारायण श्रेष्ठ तथा रञ्जन नेपाल रहेको ३ सदस्यीय निर्णायक मण्डलबाट छोरीको गुनासो शिर्षक कवितामा कक्षा १० की ममता कार्की प्रथम घोषित भइन, त्यस्तै कक्षा १० की तिर्सना राईले छोरा छोरी एउटै सन्तान कविता वाचन गरेर द्धितिय स्थान ओगट्न सफल भइन भने कक्षा ९ मा अध्ययनरत उद्धव वुढाथोकीले रिड नेपाल शिर्षक कविता वाचन गरेर तृतिय हुन सफल बने। कक्षा १० का विध्यार्थी रमेश कार्कीले सान्त्वना स्थान प्राप्त गरे । उनले हिजोआज शिर्षकमा कविता वाचन गरेका थिए ।

विध्यालयस्तरका यस्ता कार्यक्रमहरुले विध्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रष्फुटन हुने र आत्मविश्वास जाग्ने फिल्ड अफिसर मन्जु खनियाले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …