तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नुवाकोट ।प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ ।

नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गरे ।

महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । 

महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताए ।

फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …