तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रेपलाञ्चोक। काभ्रेमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् ।

 हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए ।

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् ।

कोरोना सङ्क्रमणविरुद्ध कोरोना–खोप (कोभिसिल्ड)को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । उनले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए ।

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …