तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बेलायत। ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको “विषालु” अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन्।

राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको अन्तर्वार्ताका क्रममा यूकेको प्रेसका कारण उत्पन्न वातावरणका कारण “आफ्नो मानसिक स्वास्थ्यमा क्षति पुग्न लागेको” र त्यस्तो अवस्थामा आफूले ” कुनै पनि पति वा पिताले चाल्ने कदम नै अवलम्बन गरेको” बताएका छन्।

गत हप्ता बकिंघम राजदरबारले राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजकीय जिम्मेवारीमा नफर्कने तथ्यको पुष्टि गरेको थियो। राजकुमार ह्यारीले आफूहरूले त्यस्तो “जिम्मेवारी त्यागेको नभइ बरू पछाडि हटेको” भन्नेमा जोड दिए। दोस्रो बच्चाको जन्मको पर्खाइमा रहेको उक्त राजकुमार दम्पति आफ्ना एक वर्षिय पुत्र आर्चीका साथ अमेरिकाको क्यालिफोर्नियामा बसाइ सरेको थियो।

उनीहरूले गत ज्यानुअरी महिनामा अब राजपरिवारको वरिष्ठ सदस्यको हैसियतले निभाउनु पर्ने भूमिका परित्याग गर्ने योजनाको घोषणा गरेका थिए। त्यो बेला उनीहरूले आफूहरू आर्थिक हिसाबले पनि स्वतन्त्र हुनको लागि कमाइ हुने काम गर्न चाहेको बताएका थिए।

गत हप्ता बकिंघम राजदरबारले एक विज्ञप्ति जारी गर्दै त्यसबेलाका प्रावधानहरूको समीक्षापछि ड्युक र डचिस् अब आफ्नो पुरानो राजकीय जिम्मेवारीमा नफर्कने निर्णय भएको जनाएको थियो। त्यस्तो निर्णयको परिणाम स्वरूप तिनीहरूले आफूलाई प्राप्त मानार्थ सैनिक पदवी र राजकीय संरक्षकत्व फिर्ता गर्नु पर्ने हुन्छ।बिबिसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …