तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद विशाल भट्टराईलाई दिनुभएको छ । यसअघि देवप्रसाद गुरुङ सो जिम्मेवारीमा हुनुहुन्थ्यो ।

दलभित्र विवाद शुरु भएपछि दुई समूहमा पुगेको नेकपाभित्र अहिले जिम्मेवारी हेरफेरको क्रम जारी छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार भट्टराईलाई आजै नयाँ जिम्मेवारी दिइएको छ । आज शुक्रबारबाट लागू हुनेगरी संसदीय दलका नेता तथा अध्यक्ष ओलीले सांसद भट्टराईलाई सो जिम्मेवारी दिनुभएको हो उहाँले भन्नुभयो । नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीमा शान्ता चौधरी रहनुभएको छ ।

नयाँ जिम्मेवारी पाएपछि आफू उत्साहित भएको बताउनुहुँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, दलको भावना अनुकूल काम गर्नेछु, संसदीय दललाई प्रभावकारी र चुस्त बनाउनमा लाग्नेछु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …