तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिवन पाख्रिन तामाङ्

तामाङ समुदायको सांस्कृतिक चाड तथा नयाँ वर्ष ल्होछार, सोनाम ल्होछार २८५७ म्हेगोरु वर्षको पुर्नआगमनको उपल्क्ष्यमा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिता सम्पन भएको छ ।

तामाङ पहिचानको भिडियो क्लिप्स मार्फत विश्वव्यापीकरण तथा सोनाम ल्होछारको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमले उत्कृष्ट हुनेलाई ५१ हजार र टप १२ मा पर्नेहरुलाई ५ हजार नगद सहित प्रशांसपत्र प्रदान गरेको छ 

कार्यक्रमको दौरानमा सामुदायिक चहलपहल तथा प्राप्त लाईक, कमेन्ट, शेयर तथा भ्युजको डाटाको आधारमा पाँच लाख भन्दा वढी व्यक्तिसंग प्रत्यक्षरुपमा संसारको कुना कुना सम्म जोडिनु पुगेको थियो। कार्यक्रमले आशसित लक्ष्य भन्दा वढी नै सफलता प्राप्त गरेको तसर्थ सवै वन्धुहरुको सहभागीता तथा भरमग्दुर प्रयासलाई ग्रुपको तर्फवाट सराहनीय प्रशंशा पनि गरेको छ ।

उक्त प्रतियोगितमा लाईक तथा कमेन्ट मार्फत प्राप्त गरे अनुरुप निम्न स्थानमा हाशिल गर्नु हुने सहभागीहरुको नामावली:

१. सर्बोकृष्ट पुरस्कार — निशा दोङ तामाङ ,काभ्रे नेपाल

टप बाह्रमा पर्न सफलः

१. अनुशा वाईवा तामाङ, वार्सिलोना, स्पेन

२. सपना वाईवा तामाङ, जोरपाटी नेपाल

३. सम्झना मिक्चन तामाङ, सर्लाही, नेपाल

४. मिना तथा सविना तामाङ, नुवाकोट नेपाल

५. आशिका स्याङतान तामाङ, पाटन नेपाल

६. दिलमाया तामाङ , नुवाकोट नेपाल

७. डोल्मा स्याङवो तामाङ, वार्सिलोना स्पेन

८. चाँदनी दोङ तामाङ, रामेछाप नेपाल

९.एलिना दोङ तामाङ, ललितपुर नेपाल

१०. केशमाया लोप्चान तामाङ, काभ्रे नेपाल

११. प्रमिला पाख्रिन तामाङ, काभ्रे नेपाल

१२. एन्जिला दोङ तामाङ, काभ्रे नेपाल  

यस वर्षको तामाङ समुदायको लागी विशेष सुखद कुरा चाही चाहे त्यो संजालमा होस या समुदायमा नै ल्होछारको कृयाकलापहरुवाट ल्होछार स्थापित भएको छ ।

कार्यक्रमको विशेष अतिथिको नेपाल तामाङ घेदुङको पुर्व केन्द्रीय अध्यक्ष,अन्तराष्ट्रिय तामाङ परिषदको निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्रालय, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्वा विकाश समितिको वोर्ड सदस्य साथै विभिन राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा आवद्ध प्रबुद्ध समाजसेवीको रुपमा चिरपरिचित महेन्द्र जंग योन्जन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

अन्तराष्ट्रिय ल्होछार भिडियो क्लिप्समा सम्पुर्ण सहभागी मित्रहरुको सराहनीय तथा जागरुक कार्यलाई प्रशंशा गर्दै अन्तिम अवस्थामा ईजरायलवाट कार्यक्रममा सामुदायिक उत्तरदायित्व वहन स्वरुप प्रवेश गर्नु हुने सम्पुर्ण टोलीका मित्रहरुलाई तामाङ समुदायले धन्यवाद ज्ञापन गरेको छ । 

कार्य सफलताको लागी प्रबुद्ध ग्रुपको अग्रज अभियान्ता आरजे योन्जन, अजय लोप्चन, विवि स्याङतान तथा मनिता मोक्तान तामाङ लगाय सम्पुर्ण सदस्यहरुले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोगीको रुपमा भुमिका खेल्न हुने साथै सम्पुर्णमा हार्दिक   धन्यवाद ज्ञापन ब्यक्त गरेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …