तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सरस्वती तिमल्सिना खनाल

नेपालको वर्तमान विकसित घटनाक्रमलाई हेर्दा राजनीतिक तरलताको अवस्था देखिन्छ।दुई तिहाईको नजीक पुगेको नेकपा सरकार आफ्नो आन्तरिक कारणले गर्दा देश र सरकार चलाउन सक्दैन भन्ने कुरा प्रष्ट भैसकेको छ।

नेपाली जनताले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीको आवश्यकताको महसुस गर्दैछन्।नेपाली काङ्ग्रेसका लागि अहिलेको यो विकसित घटनाक्रमले आगामी चुनावमा नेपाली जनतामा नेपाली काङ्ग्रेस प्रती आकर्षण बढ्ने देखिन्छ।यस्तो अवस्थामा नेपाली काङ्ग्रेसले जिम्मेवार र लोकतान्त्रिक पार्टीको हैसियतमा निकै सुझबुझका साथ निर्णय लिनुपर्ने हुन्छ।लोकतान्त्रिक सिद्धान्त अङ्गालेको पार्टीलाई जनताको Mandate लाई सर्वोपरि राख्नुपर्दछ।

हालको नेपाली काङ्ग्रेसको जनताको अभिमत अनुसार शसक्त प्रतिपक्षको भुमिकामा बसेर लोकतान्त्रिक मर्म र भावना अनुरुप लोकतन्त्र र संविधानको मर्म अनुसार व्यबस्थापिका,कार्यपालिका र न्यायपालिका,लोकतान्त्रिक संविधान तर्फ चल्छकी चल्दैन त्यसको खबरदारी गर्नु हो।नेपालको संविधान अनुसार संबैधानिक रूपमा देशको कार्यपालिका र व्यबस्थापिका पुर्ण रूपमा संबैधानिक तवरबाट चलोस र संविधानको पुर्ण रूपमा पालना होस्। 

यदि त्यसको पालना नभएको अवस्थामा प्रमुख प्रतिपक्षको हैसियतले सचेत गराउनु र कार्यान्वयन गर्न दबाब दिनु हो।संसद विघटन पछि नेपाली काङ्ग्रेसले आफ्नो पार्टीका तर्फबाट गरेका निर्णय र नेपाली काङ्ग्रेसले लिएको अडानलाई सर्वोच्चको निर्णय पश्चात् नेपाली काङ्ग्रेस मात्रै एक मात्र लोकतन्त्रमा बिश्वास गर्ने र लोकतन्त्रको पद्धति अनुसार चल्ने पार्टी हो भन्ने प्रमाणित भएको छ।यो कुरालाई नेपाली जनताले राम्रोसँग बुझिसकेका छन्।

प्रधानमन्त्रीले संसद विघटन गरेपश्चात नेपाली काङ्ग्रेसलाई दुई भागमा बिभाजन गरेर पार्टीलाई कमजोर र असफल बनाउने चलखेल भएको पनि देखियो तर त्यसतर्फ नेपाली काङ्ग्रेस अत्यन्तै सजक हुनुपर्छ।बिगतमा दुई पार्टीको संयुक्त सरकार हुँदा पनि सरकारमा हुँदाहँुदै आफ्नै सरकारलाई धोका दिएर अर्को पार्टी सङ्ग मिलेर नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने प्रयास पनि नभएका होइनन्।

त्यसैले पटकपटक धोका दिएका दलहरू सङ्ग सहकार्य गरेर सरकारमा जानू उचित देखिदैन।यसो गर्दा नेपाली जनतामा नेपाली काङ्ग्रेसले लिएर जाने एउटा ठुलो एजेन्डा गुम्नेछ।नेपाली जनतालाई बिश्वासमा राख्नको लागि नेपाली काङ्ग्रेसले पद र कुर्सीको लागि देशकै संविधान र कानुनलाई वास्ता नगर्ने पार्टीका नेतालाई बिश्वास समर्थन र सहकार्य गर्नुपर्छ भन्ने छैन।

यो अवस्थामा नेपाली काङ्ग्रेसले संसदमा जनताका आवश्यकता र देशका बिकासका कुरालाई ससक्त रूपमा उठाउने,देशव्यापी रूपमा पार्टीको एजेन्डा जनता समक्ष लैजाने,व्यापक रूपमा संगठन बिस्तार गर्ने,बहुमत प्राप्त दलले गरेका गलत प्रवृत्तिलाई जनतासामु पुर्‍याउने,पार्टीलाई एकढिक्का बनाउन पार्टीका आन्तरिक मतभेद मनमुटावलाई सहमति र छलफलबाट एउटा सामुहिक निर्णयको बिकास गर्ने।

हरेक गाउँगाउँ,टोलटोलमा पार्टीका अगुवा कार्यकर्तामार्फत पार्टीको व्यापक समर्थन जुटाउने इत्यादि कार्य गर्दा नेपाली काङ्ग्रेस आगामी निर्वाचनबाट बहुमत प्राप्त दलको हैसियतबाट सरकार बनाउन सफल हुन्छ।नेपालको संविधानको बैधानिक ब्यबस्था अनुसार अदालतबाट संसद विघटन बदर भएको अबस्थामा हालसम्म पनि नेकपाको बहुमत छ।बैधानिक र कानुनी रूपमा नेकपा एउटै दलको मान्यतामा छ।अहिलेको राजनीतिक खिच्चातानी मात्र एउटा गुट गुटको अवस्था छ। 

जबसम्म बैधानिक रूपमा दुबै समुहको नेकपा बिभाजित हुँदैन त्यो अवस्था सम्म अर्को कुनै पार्टीले सरकारको नेतृत्व गर्ने बैधानिक बाटो खुल्दैन।त्यसैले नेकपा कुनै एउटा समुहलाई समर्थन या बिरोध गर्नु भनेको नेपाली काङ्ग्रेसको लागि घातक हुन सक्छ।नेपाली काङ्ग्रेसले यस तर्फ पनि ध्यान दिनुपर्ने हुन्छ।

नेकपाको संसदिय दल भित्र संसदिय दलको नेता परिवर्तन गरेपनि निर्वाचन आयोगबाट दुबै समुहलाई फरक पार्टीको मान्यता नदिदासम्म नेकपाको कुनै गुटले ललिपप देखाउदैमा त्यस्ता कुरामा बिश्वास गर्नु नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक र संबैधानिक मुल्य र मान्यतामा चल्ने पार्टीलाई स्वभनिय हुँदैन।निर्वाचन आयोगबाट फरक पार्टी भएको अवस्थामा नेपालको संविधान बमोजिम नेपाली काङ्ग्रेसको संलग्नता बिना अन्य दलहरुको सहकार्यमा सरकार गठन गर्न नसकेको अवस्था बाहेक अन्य परिस्थितिमा नेपाली काङ्ग्रेस सरकारका जान हतार गर्नु हुँदैन।

नेपाली जनता,नेपाली काङ्ग्रेसका कार्यकर्ता,देशको आवस्यकता,संविधानको पुर्ण परिपालना गर्नुपर्ने अवस्था नआउँदा सम्म नेपाली काङ्ग्रेसले सरकारमा जान,कुनै पार्टीलाई सरकारमा पुराइदिनका लागि खुड्किलो र भर्र्याङ्को काम गर्न हुँदैन।लोकतन्त्र,जन आकांक्षा अनुसार चल्ने हो भने नेपाली काङ्ग्रेस फेरि एकपटक बलियो लोकतान्त्रिक पार्टी बन्ने निश्चित छ।धन्यवाद!जय नेपाल !

(लेखक खनाल  नेपाली जनसम्पर्क समिती साइप्रसको महामन्त्री हुनुहुन्छ )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …