तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ ।

उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमावली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको जनाएको छ ।

सरकारले विसं २०६४ मा मानव बेचबिखनविरुद्धको ऐन, २०६५ मा नियमावली र २०७० मा कार्यविधि जारी गरिसकेको छ । सचिवस्तरीय नेतृत्वमा सङ्घमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगरप्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचविखन नियमन तथा नियन्त्रण प्रयासलाई अघि बढाउने कामपाको तयारी छ ।

सरोकारवालासँग यस विषयमा बिहीबार कामपामा भएको छलफलमा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गर्ने समस्या बढिरहेको उपप्रमुख खड्गीको भनाइ छ ।

छलफलमा सहभागी शान्ति फाउण्डेशनका जिल्ला परियोजना अधिकृत शान्ता ढकालले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताउँछिन् । “मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकाले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो”, उनले भनिन्, “प्रवेश गरेर जीवन धान्न अप्ठ्यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुन थालेको छ ।”

कार्यक्रममा अन्य सहभागीले मावन बेचबिखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको बताए । उनीहरूका अनुसार खाजाघर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्र अहिले शहरका जोखिमपूर्ण क्षेत्र हुन् । पहिले शारीरिक सम्पर्कका लागि ओसारपसार र बेचबिखन हुनेमा अहिले श्रमका नाममा आन्तरिकरूपमा ओसारपसार र श्रम शोषण हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन उनीहरूले आग्रह गरे।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …