तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उहाँले  प्रतिपक्षमै बस्ने जनादेश भएकाले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने बताए ।

नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा काँग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, “काँग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैँ फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए  मात्रै सोच्ने कुरा हो ।”

कार्यक्रममा खेलाडी एवं नेता कँवेले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकुदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको बताए ।

हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको जनाएको छ । त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने गरिने बताइएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …