तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आदेशले खासगरी उच्च प्रविधियुक्त ब्याट्री, औषधि (फर्मास्युटिकल्स), अति महत्त्वपूर्ण खनिज तथा सेमिकन्डक्टर्सका क्षेत्रलाई सम्बोधन गर्नेछ ।

पछिल्ला वर्षमा संयुक्तराज्य अमेरिका यी वस्तुको आयातमा बढी निर्भर हुन थालेपछि चिन्ता बढ्दै गएको थियो । अब अमेरिकालाई आवश्यक पर्ने यी वस्तुको उत्पादन देशभित्रै बढाउन कार्यकारी आदेशले सघाउने छ । बाइडेन प्रशासनले यी वस्तुलाई राष्ट्रिय सुरक्षा र आर्थिक जोखिमका दृष्टिबाट निकै महत्त्वपूर्ण रहेको जनाएको छ ।

राष्ट्रपति बाइडेनले मजबुत तथा भरपर्दो आपूर्ति प्रणाली सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारसँग पनि मिलेर कार्य गर्न चाहेको बताए ।कार्यकारी आदेशमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा आयोजित समारोहमा राष्ट्रपति बाइडेनले भने, ‘यो सबै अमेरिकीको स्वाभाविक चाहना पनि हो, समाधानको एक विकल्प हो । हाम्रो आपूर्ति प्रणालीमा रहेका जोखिम न्यूनीकरण गर्नुपर्ने र वैकल्पिक व्यवस्थाका लागि अमेरिकाले ध्यान दिनैपर्ने अवस्था आइसकेको थियो ।’

ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपतिको कार्यकारी आदेशले म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने बताए । पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिहरूले यस्तै प्रतिबद्धता व्यक्त गरे पनि मिश्रित नतिजा मात्र प्राप्त भएका छन् ।

अमेरिकी श्रम तथ्यांक विभागका अनुसार अमेरिकामा हाल १ करोड २२ लाख म्यानुफ्याक्चरिङ रोजगारी उपलब्ध रहेको छ । जबकी सन् २००० को यस क्षेत्रमा १ करोड ७० लाख रोजगारी उपलब्ध थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …