तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई ल्यापटक हस्तान्तरण गरिएको छ ।

विहिबार एलायन्स नेपाल र हिमाली साईनो फाउन्डेसनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको विद्यालयक शिक्षक तथा सूचना  अधिकारी लाल बहादुर गुरुङले जानकारी दिए ।

उक्त संस्थाले विद्यालयलाई १५ वटा ल्यापटप हस्तान्तरण गरेको उनले बताए । ‘हाम्रो विद्यालयलाई दुई सहयोगी संस्थाहरुले ल्यापटप दिनु भयो । उहाँहरुको सहयोगले हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइन मार्पmत पठनपाठन गर्न सहज हुन्छ’, विद्यालयका प्रधानाध्यापक धन बहादुर गुरुङले बताए । 

चालु आर्थिक बर्षदेखि घार्चे गाउँपालिकाले ‘प्रबिधी मैत्रीसहितको गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा लागु गरेर शैक्षिक गुणस्तिरियता बढाउने अभियान सुरु गरेको थियो । तर, आवश्यक प्रबिधी भने उपलब्ध गराएको थिएन । 

यस संस्थाले उपलब्ध गराएको ल्याप्टपले अनलाईन कक्षा सुरु  गर्न सहज हुने बताए । 

‘कम्प्युटर भएको भए बत्ति जाने बित्तिकै बन्द हुन्थ्यो, बिद्युत पनि बढि खपत हुन्थ्यो । तर, ल्याप्टपले विद्युत कम खपत हुन्छ, बिजुली नहुँदा पनि प्रयोग गरिराख्न पाईन्छ । यसले गर्दा यहाँका विद्यार्थीहरुलाई प्रबिधीमैत्री ढङ्गबाट ठनपाठन गर्न सहज हुन्छ‘ प्रअ गुरुङले भने । 

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राज गुरुङ बिशेष अतिथि एलायन्स नेपालका कार्यक्रम संयोजक  सन्जय साइजु र  हिमाली साईनोका निर्देशक धनप्रसाद गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …