तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ ।

आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै हालको सञ्चालन समय २१ घण्टालाई घटाएर १८ घण्टामा झारिने विमानस्थलले उल्लेख गरेको छ ।

आन्तरिकतर्फ उडान सङ्ख्या बढे पनि अन्तर्राष्ट्रिय उडान नबढेपछि विमानस्थलले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । विमानस्थल चैतको मध्यदेखि बिहान ६ः३० बजे खुलेर राति १२ः३० बजे बन्द हुनेछ ।

विदेशी पर्यटक अझै पनि पाँच दिने क्वारेन्टाइन बस्नुपर्ने प्रोटोकलका कारण अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक १५ वटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । आन्तरिकतर्फ भने दैनिक एक सयभन्दा बढी उडान भइरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …