तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई तत्काल काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा भएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आफ्नो समूहका सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै राजनीतिक भेटवार्ता र छलफललाई तिब्रता दिएका प्रचण्ड र नेपालले यस्तो निर्देशन दिएका हुन् । बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले छ । सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराउँदै अध्यक्षद्वयले उपत्यका नछोड्न निर्देशन दिएको पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा उपस्थित सांसदलाई अतिआवश्यक परेमा जानकारी गराएर मात्र उपत्यका बाहिर जान भनिएको छ । बैठकमा अध्यक्षद्वयले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका छन् ।

प्रचण्ड र नेपालले संसद् पुनःस्थापनाको आन्दोलनमा सक्रिय भएका सबै पक्षलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि प्रतिनिधिसभा पुनस्र्थापना भएको हो । संसद पुनस्र्थापना भएसँगै प्रचण्ड र नेपाल सत्ता समिकरणका लागि राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

बुधबार मात्र बूढानीलकण्ढ पुगेर कांग्रेस सभापति देउवालाई प्रचण्ड र नेपालले भेटेका छन् । स्रोतका अनुसार दुवै नेताले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् । देउवाले भने पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

बुधबार नै नेकपाको अनौपचारिक स्थायी समिति बैठकसमेत बसेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले प्रतिनिधिसभा पनस्र्थापना गर्ने सार्वोच्चको निर्णयलाई स्वागत गर्दै आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागरिएको छ । ओलीले माफी मागे पार्टीमा ठाउँ दिन सकिने प्रवक्ता श्रेष्ठले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …