तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथको मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने काम नगर्न अन्तरकालीन आदेश जारी गरेको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो आदेश जारी गरेको हो।

अन्तरकालीन आदेशमा फागुन १७ गतेलाई दुवै पक्षबीच छलफल गराउने र छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनू भनी लेखिएको छ।

पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने मङ्गलवार राति नै जलहरी हाल्ने कार्य सम्पन्न भएको बुधवार बिहान जनाएका थिए।

मङ्गलवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ पुगी पूजा गरेकी थिइन्। डा. ढकालले सो पूजालाई जलहरी हाल्ने कार्य सम्पन्न भएपछि भएको पूजा बताएका थिए।

रिट निवेदक प्रदेश सभासद् नरोत्तम वैद्यले भने आफू मन्दिर परिसरमा रहेको र सुनको जलहरी नहालिएको दाबी गरेका छन्।

वैद्यले भने: “कोषमा सर्वोच्चको आदेश बुझ्ने कुनै कर्मचारी छैनन्, त्यसैले मैले पशुपतिनाथका भण्डारीलाई यस्तो आदेश आएको छ भनेर जानकारी गराएको छु।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …