तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

दैजी ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा (२०५२ सालमा) गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो।

९ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उत्पादनमुखी गरी १ सय २२ भन्दा बढी उद्योग स्थापना हुनेछन्। सरकारले खानेपानी, बिजुली सहुलियत दरमा उपलब्ध गराउनेछ। उत्पादनमूलक उद्योगबाट पाँच वर्षसम्म जग्गाको भाडा लिइनेछैन।

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र बनेपछि स्थानीयले रोजगारी पाउने, प्रविधिको विकास र हस्तान्तरण हुँदै जाने बताए। यहाँको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महŒवपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो।

जिल्ला वन कार्यालयले औद्योगिक क्षेत्रका लागि ०६६ सालमा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको ९ सय बिघा दिने निर्णय भएको थियो। मन्त्रिपरिषद्ले पनि चारकिल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ। डीपीआर र र्ईआईएको कामसमेत सम्पन्न भइसकेको छ। तर, फिल्डमा आई भेरिफाई गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोगाधिकारका लागि जाने भएकाले सो काम हुन सकेको छैन। सरकारले ९ सय बिघामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरे पनि ३ सय ४९ बिघाको मात्रै डीपीआर तयार गरी काम अघि बढाइएको छ।

औद्योगिक क्षेत्रको शिलान्यासपछि स्थानीय बासिन्दामा आशा पलाएको छ। स्थानीय रामलाल चौधरीले अब घरमै रोजगारी पाउने आस पलाएको बताए। ‘यहाँ उद्योग सञ्चालनमा आएपछि घरमै रोजगारी पाइन्छ भन्ने ठूलो आशा छ’, उनले भने, ‘यहाँका मुक्तकमैयाका बालबच्चा स्कुल पढ्न नसकेर रोजगारीका लागि विदेश गएका छन्। यहाँ उद्योग स्थापना भए त साँझ–बिहान काम गरेर पनि स्कुल जान्थे।’

अर्का स्थानीय प्रेम चौधरीले उद्योग स्थापना भएपछि दिनभरि चिया पसलमा त्यत्तिकै बस्नुभन्दा केही काम गर्न सकिने बताए। ‘यसले हामीलाई धेरै फाइदा हुन्छ। यहाँका जनताले घरमै रोजगारी पाउँछन्’, उनले भने। उनले सरकारले छिटो काम सम्पन्न गनुपर्ने बताए।

पुनःस्थापना भयो भने देशमा तमासा हुन्छ’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भयो भने देशमा तमासा मात्रै हुने बताए। ‘संसद् पुनःस्थापना भयो भने प्रधानमन्त्रीको खोजी हुनेछ, पार्टीको खोजी हुनेछ, समीकरण बन्नेछन्, त्यसमा भागबण्डका कुरा आउनेछन्, सांसद किनबेचको काम हुनेछ’, कञ्चनपुरको वेदकोट नगरपालिका–२ दैजी (छेला)मा औद्योगिक क्षेत्र शिलान्यासपछि आयोजित कार्यक्रममा प्रधानमत्री ओलीले भने, ‘त्यसले अहिले भइरहेको विकास निर्माण अवरुद्ध हुनेछ। त्यसले देशमा तमासा मात्र हुनेछ।’

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला जस्तोसुकै आए पनि आफू विचलित नहुने बताए। विराटनगरमा आफूले भनेको कुरा बंग्याएर बाहिर आएको ओलीको भनाइ थियो। ‘मैले विराटनगरमा सर्वोच्चको फैसला जस्तोसुकै आए पनि हाम्रो विकासको आन्दोलन, अग्रगमनको आन्दोलन भने सदा जारी रहने भनेको थिएँ’, ओलीले भने, ‘आन्दोलन भनेको नारा र जुसुस मात्रै होइन, देशको समग्र विकास र समृद्धिको अभियान पनि अग्रगमनको आन्दोलन हो। तर, मेरो भनाइलाई सडकमै आन्दोलन गर्छु भन्ने ढंगले बाहिर ल्याइयो।’

उनले सरकार विकास र समृद्धिप्रति केन्द्रित रहेको बताए। पछिल्ला दुई वर्षमा नेपालले विकासमा चमत्कार गरेको उनको दाबी थियो। ‘विश्व बैंकले नेपाललाई विकासमा पछिल्लो समयको इमर्जिङ स्टार भनेर सम्बोधन गरेको छ। इतिहासमै हाम्रो नेतृत्वको सरकारले विकासमा फड्को मारेको छ’, उनले भने, ‘इमर्जिङ स्टार भनेको उदाउँदो तारा हो, यो हामीले भनेको होइन विश्व बैंकले भनेको हो।’

उनले आफूले ५० हजारको सिड मनी दिएर सुदूरपश्चिम विश्वविद्यालयको आन्दोलनमा स्थापना गराएको बताए। ‘विश्वविद्यालयका लागि आन्दोलन चलिरहेको थियो, मैले ५० हजारको सिड मनी मञ्चमै दिएर, आन्दोलनमा सहभागी भएको होइन, अहिले विश्वविद्यालय बनेको छ’, उनले भने, ‘त्यहाँ पढाइ सुरु भइसकेको छ।’

उनले गेटामा बनिरहेको मेडिकल कलेजलाई स्वास्थ्य विश्वविद्यालयका रूपमा अगाडि बढाउने बताए। ‘गेटामा ६ सय शड्ढयाको अस्पतालसहितको कलेज भवन निर्माण अन्तिम चरणमा छ। अर्को वर्षबाट एमबीबीएसको पढाइ हुन्छ’, उनले भने, ‘त्यसलाई हामीले शिक्षा मन्त्रालयसँग छलफल गरेर स्वास्थ्य विश्वविद्यालयका रूपमा अगाडि बढाउने तयारी गरिरहेका छौं।’

उनले महाकालीमा चार लेनको पुल निर्माण अन्तिम चरणमा रहेको बताए। यस्तै, सेती र महाकाली करिडोरले चीनसँगको सीमानाका जोड्ने, चुरेको फेदी भएर बनिरहेको मदन भण्डारी राजमार्गको काम तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ थियो। दक्षिणदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने मार्ग ४ र ६ लेन बनिरहेको उनले बताए।

उनले पश्चिम सेती परियोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाएर त्यहाँको बिजुली दैजी (छेला)जस्ता औद्योगिक क्षेत्रमा लगाइने बताए। ‘हामीले पश्चिम सेतीलाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने तयारी गरेका छौं, त्यसमा तपाईंहरू ढुक्क हुनुस्’, उनले भने।

उनले देशमा विद्युतीकरण नभएका स्थानमा तुरुन्त विद्युतीकरण गर्न कार्यक्रमबाटै प्राधिकरणलाई आह्वान गरे। ‘देशको ९० प्रतिशत भूभागमा बिजुली पुगेको छ, यदि बिजुली नपुगेको कुनै स्थान छन् भने म प्राधिकरणलाई यहीँबाट आह्वान गर्छु कि तुरुन्त ती स्थानमा विद्युतीकरण गरियोस्’, उनले भने।

शिविरको हिसाब खोज्नुपर्छ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी लडाकु समायोजनका बेलाको भ्रष्टाचार लुकाइएको बताएका छन्। अमिक शेरचनको नेतृत्वमा गठित समितिको प्रतिवेदन लुकाइएको मन्त्री भट्टको भनाइ छ।

‘अहिले सडकमा उफ्रिनेहरूले क्यान्टोनमेन्टमा कति भ्रष्टाचार गरे त्यसको हिसाबकिताब खोज्ने बेला आएको छ’, मन्त्री भट्टले भने, ‘त्यति बेला त्यसको खोजीका लागि अमिक शेरचनको नेतृत्वमा समिति पनि बन्यो। त्यो समितिले प्रतिवेदन पनि बुझायो। तर, त्यो प्रतिवेदन रद्दीको टोकरीमा फालियो वा कतै लुकाइयो, थाहा छैन।’

मन्त्री भट्टले सशस्त्र द्वन्द्वमा सहादत प्राप्त गरेका, घाइते अपांग भएका र पुनःस्थापना भएका लडाकुका लागि केही पनि नगर्नेहरू अहिले बढी क्रान्तिकारी देखिएको बताए। ‘जनयुद्धमा सहादत गरेका, घाइते अंगभंग भएका र पुनःस्थापनापछि असहज जीवन बिताइरहेकाहरूको अवस्था के छ ?’, प्रतिप्रश्न गरे, ‘अहिलेका क्रान्तिकारी हुँ भन्नेहरूलाई थाहा छ ?’

उनले पार्टी एकढिक्का रहेकाले वैशाख १७ र २७ गते हुने निर्वाचनमा जान तयारीमा लाग्न सुदूरपश्चिमवासीलाई आग्रह गरे। ‘पार्टी एक छ, अब निर्वाचनको माहोल आइरहेको छ’, उनले भने, ‘अब सबै जना निर्वाचनमा लागौं।’

उनले दैजी (छेला) क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने आफ्नो सपना पूरा भएको बताए। सुदूरपश्चिमबाट विकासको युग सुरु भएको उनको भनाइ थियो। ‘सुदूरपश्चिमबाट विकासको युग सुरु भयो। सुक्खा बन्दरगाहदेखि दैजीसम्म औद्योगिक करिडोर बन्छ। यसले सुदूरपश्चिम मात्रै होइन देशको अर्थतन्त्रमा टेवा पु¥याउँछ’, उनले भने। उनले अर्थ मन्त्रालयले दैजी छेला क्षेत्रको औद्योगिक क्षेत्रका लागि ९ अर्बको बजेट सहमति पनि दिइसकेको सुनाए। अबको पाँच वर्षमा निर्माण सकिने उनको भनाइ थियो।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, श्रम, रोजगार तथा सुरक्षामन्त्री गौरीशंकर चौधरी, विघटित प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीलगायतले सम्बोधन गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।

शिविरको भ्रष्टाचार खोज्नुपर्छ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी लडाकु समायोजनका बेलाको भ्रष्टाचार लुकाइएको बताएका छन्। अमिक शेरचनको नेतृत्वमा गठित समितिको प्रतिवेदन लुकाइएको मन्त्री भट्टको भनाइ छ।

‘अहिले सडकमा उफ्रिनेहरूले क्यान्टोनमेन्टमा कति भ्रष्टाचार गरे त्यसको हिसाबकिताब खोज्ने बेला आएको छ’, मन्त्री भट्टले भने, ‘त्यति बेला त्यसको खोजीका लागि अमिक शेरचनको नेतृत्वमा समिति पनि बन्यो। त्यो समितिले प्रतिवेदन पनि बुझायो। तर, त्यो प्रतिवेदन रद्दीको टोकरीमा फालियो वा कतै लुकाइयो, थाहा छैन।’

मन्त्री भट्टले सशस्त्र द्वन्द्वमा सहादत प्राप्त गरेका, घाइते अपांग भएका र पुनःस्थापना भएका लडाकुका लागि केही पनि नगर्नेहरू अहिले बढी क्रान्तिकारी देखिएको बताए। ‘जनयुद्धमा सहादत गरेका, घाइते अंगभंग भएका र पुनःस्थापनापछि असहज जीवन बिताइरहेकाहरूको अवस्था के छ ?’, प्रतिप्रश्न गरे, ‘अहिलेका क्रान्तिकारी हुँ भन्नेहरूलाई थाहा छ ?’

उनले पार्टी एकढिक्का रहेकाले वैशाख १७ र २७ गते हुने निर्वाचनमा जान तयारीमा लाग्न सुदूरपश्चिमवासीलाई आग्रह गरे। ‘पार्टी एक छ, अब निर्वाचनको माहोल आइरहेको छ’, उनले भने, ‘अब सबै जना निर्वाचनमा लागौं।’

उनले दैजी (छेला) क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने आफ्नो सपना पूरा भएको बताए। सुदूरपश्चिमबाट विकासको युग सुरु भएको उनको भनाइ थियो। ‘सुदूरपश्चिमबाट विकासको युग सुरु भयो। सुक्खा बन्दरगाहदेखि दैजीसम्म औद्योगिक करिडोर बन्छ। यसले सुदूरपश्चिम मात्रै होइन देशको अर्थतन्त्रमा टेवा पु¥याउँछ’, उनले भने। उनले अर्थ मन्त्रालयले दैजी छेला क्षेत्रको औद्योगिक क्षेत्रका लागि ९ अर्बको बजेट सहमति पनि दिइसकेको सुनाए। अबको पाँच वर्षमा निर्माण सकिने उनको भनाइ थियो।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, श्रम, रोजगार तथा सुरक्षामन्त्री गौरीशंकर चौधरी, विघटित प्रतिनिधिसभाका सदस्य नरबहादुर धामीलगायतले सम्बोधन गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …