क्वालालम्पुर । महिला र बालबालिकालगायत दर्जनौं रोहिंज्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ।
बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा गर्ने गर्छन्। यसरी सामुद्रिक मार्गमा लामो यात्रा गर्दा वर्षेनी सयौँ शरणार्थीले अकालमा ज्यान गुमाउने गरेका छन्।
दुर्घटनाग्रस्त डुङ्गा ६५ महिला तथा बालबालिकासहित ९० जना शरणार्थी लिएर फेब्रुअरी ११ मा बङ्गलादेशबाट छुटेको बताएको छ।
रोहिंज्याहरू चढेको डुङ्गालाई निगरानी गरेको अराकन प्रोजेक्ट नामक संस्थाका क्रिस लेवाका अनुसार डुङ्गा दुर्घटनापछि केही व्यक्ति लिएर पुनः समुद्रमा यात्रारत डुङ्गामा पानी र खाद्यान्न अभाव भएको र भारतको अण्डामान तथा निकोबार टापू नजिकैको समूद्री तटमा बगिरहेको छ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले घटनामा छ महिला तथा दुई पुरूषले ज्यान गुमाएको पुष्टि गरेको छ। भारतीय समुद्री अधिकारीहरू घटना लगत्तै हाल यस क्षेत्रमा आइपुगेका उनीहरूले आप्रवासीहरूलाई अत्यावश्यक खाद्यान्न तथा अन्य सामान आपूर्ति गरेको बताइएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले दीर्घकालीन रूपमा मलको समस्या समाधान हुने गरी मन्त्रालय काम अगाडि बढाएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित …
काठमाडौँ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने …
काठमाडौँ। संवैधानिक निकायमा पदाधिकारी सिफारिस तथा नियुक्तिसम्बन्धी विवादमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सापकोटाको जवाफ पेस भएको …
काठमाडौँ । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने …