• शनिवार, फाल्गुण-१५,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 199
    Shares
केदार बस्नेत

काठमाण्डौ।नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिको कार्यक्रमलाई सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष सम्बोधन गर्नुहुने भएको छ।

फाल्गुन १५ गते शनिबार मिराकल पार्टी प्यालेस सुकेधारामा वृहत कार्यकर्ता भेला कार्यक्रम गरिने समितिका सभापति गोकर्ण बस्नेतले जानकारी दिनुभयो।

कार्यक्रमलाई महामन्त्री द्वोय डाक्टर शशांक कोईराला र पुर्ण बहादुर खडका केन्द्रिय सदस्यहरु बल बहादुर केसी धनराज गुरुङ र गगन कुमार थापा साथै प्रवक्ता विश्व प्रकाश शर्माले लगाएका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ।

कार्यक्रमलाई सफल पार्न व्यवस्थापन तथा आर्थिक समिति गरि दुईवटा समिति यसअघि नै गठन गरिएको छ।जसमा व्यवस्थापन समितिको संयोजकमा उतम प्रसाद राई र आर्थिक समितिको संयोजकमा आङदोर्जी शेर्पालाई नियुक्त गरेको सभापति बस्नेतले बताउनु भयो।

काठमाण्डौ आएर बसोबास गर्ने सोलुखुम्बुका विभिन्न पेषा तथा व्यवसायमा आवद्ध सबै लोकतन्त्र प्रेमी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेको सम्पर्क समितिका कोषाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो
पत्रपत्रिका

अब मलको अभावमा किसान छट्पटाउनु पर्दैन: मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले दीर्घकालीन रूपमा मलको समस्या समाधान हुने गरी मन्त्रालय काम अगाडि बढाएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित …

नेकपा कसको ?

काठमाडौँ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने …

सर्वोच्चमा सभामुखको जवाफ : संवैधानिक नियुक्तिमा असहमति छ

काठमाडौँ। संवैधानिक निकायमा पदाधिकारी सिफारिस तथा नियुक्तिसम्बन्धी विवादमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सापकोटाको जवाफ पेस भएको …

अख्तियारले अलग्गै प्रयोगशाला बनाउने

काठमाडौँ । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने …