तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

साउदी । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सामाजिक सन्जालमा भएका टिका टिप्पणी   र भ्रामक समाचार प्रति गहिरो घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गरेको छ ।

श्रमिक हकहितकालागि बिभिन्न समयमा  निरन्तर मानवीय सेवा कार्यहरु गर्दै आइरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबलाई पछील्लो समय केही ब्यक्तीहरुले नकारात्मक भ्रम उत्पन्न गरी सस्थाको गरिमा माथि आच आउने कार्य गरेको हुँदा पत्रकार सम्मेलन गरी घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गरेको हो ।

विश्वभरी फैलाएको कोरोना भाईरसका करण साउदी अरबमा नेपालीहरु माथि निम्त्याएको दु:खद र बिषम परिस्थितीमा हजारौँ संक्रमित हुनुका साथै कैयौंले ज्यान गुमाउनु परेको अवस्था साथै  नेपाली श्रमिकहरुलाई रोजगारी समेत गुमाउन  परेको असर यथाबत नै छ । 

रोजगारी गुमाउने नेपाली श्रमिकहरुलाई खान र बस्न समेत धौ धौ परेको बेला एनआरएनए साउदीका सम्पूर्ण पदाधिकारीले ठुलो जोखिमा मोलेर मानवीय उध्दार कार्य गर्दै आए। उध्दार कार्यमा निरन्तर सम्बन्धित निकाय र संघ संस्थाहरु संग समन्वय गरी पीडितलाई राहत, उध्दार, राशन, टिकट, पिसिआर टेस्टको लागि सहयोग जस्ता थुप्रै कार्यहरु गर्दै आईरहेको छ । 

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले गरेको महानकार्य प्रति केही कुपात्रहरुले बिभिन्न सामाजिक सन्जाल मार्फत लान्छाना लगाउने र मिथ्या आरोप वा झुटा प्रचार गर्ने जस्ता दुस्प्रयास गरेको प्रति खेद प्रकट गर्दै पत्रकार सम्मेलन गरेर घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गर्दै प्रेस बिज्ञप्ति समेत जारी गरेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …