तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भरतपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको सोमबार ६६ वर्षको उमेरमा निधन हुनुभएको छ । मस्तिष्कघातका कारण विगत १६ दिनदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहनु भएका रानाभाटको सोमवार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

१६ दिन अघि उच्च रक्तचापका कारण घरमै लड्नुभएका रानाभाटलाइ चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरी उपचार गरिएको थियो । उहाँ अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा उहाँको निधन भएको हो । 

रत्ननगर नगरपालिका वडा नम्वर १४ निवासी रानाभाट २०२७ साल देखि नेपाली काँग्रेसमा आबद्ध भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो । हरेक संघर्ष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गर्नुभएका रानाभाट नेपाली काँग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रीय सदस्य, प्रतिनिधि सभाको सदस्य जस्तो जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

उहाँका एक श्रीमती एक छोरा एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरिरलाई भोलि बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन काँग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …