तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले शैक्षिक क्षेत्रमा आफुले पहिले देखि लगानी गरेको र अझै बढी लगानी गर्ने बताउनु भएको छ । शैक्षिक क्षेत्रमा स्वतन्त्रतापुर्वक अध्यन एवं अध्यापन हुनुपर्ने केसीको भनाई छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानको महेन्द्रोदय माध्यमिक विद्यालयको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई प्रमुख अथितीको आसन बाट सम्बोधन गर्दै केन्द्रिय सदस्य केसीले त्यस्तो बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले गाउँ गाउँमा व्यवसायीक तथा प्राविधिक धारको विषय अध्यापन हुनुपर्ने बताउनु भएको छ । नेता कार्कीले आफुले शैक्षिक क्षेत्रलाई अझै धेरै सहयोग गर्ने मनसाय रहेको धारणा राख्नु भयो । कार्यक्रमलाई नेपाली कांग्रेस सोलुखुम्बुका सचीव तथा प्रदेश सभा (क)का सभापति धनजन राई नेचासल्यान गाउँपालिका उपाध्यक्ष कुमारी देवी शर्मा तथा अन्य सरोकारवालाहरुले सम्बोधन गरेको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता दिनराज बास्तोलाले जानकारी दिनुभयो।

सोही अवसरमा ४ कोठे पक्की भवनको रिवन काटी उदघाट्न गरिएको छ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले राष्ट्रिय पुर्न निर्माण प्राधिकरण ईकाईको लगानीमा निर्मित भवनको रिवन काटी उदघाट्न गर्नुभएको नेता बास्तोलाले बताउनु भयो ।

भवनको लागि ६९ लाख ५० हजार बजेट बिनियोजन भएको थियो।कार्यक्रम विद्यालयका अध्यक्ष भेष कुमार बास्तोलाको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …