तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कञ्चनपुर । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताए।

चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरूको समस्या समाधानका लागि पहल भइरहेको बताए।

उनले भने, “आरक्षपीडितका बारेमा मैले सबै बुझेको छु, चाँडै समस्या समाधान गर्न पहल गर्नेछु।” मन्त्री आलेले यहाँका आरक्षपीडितहरूको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौंदेखि गुमाएको जग्गासमेत फिर्ता दिने आश्वासनसमेत दिए। उनले वर्तमान सरकारले नागरिकका हितमा मात्रै काम गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा शुक्लाफाँटा आरक्षपीडितहरूले आफू आरक्षबाट वर्षौंदेखि पीडित भएको र आफूले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावरहरूले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए। शुक्लाफाँटा निकुञ्जका आरक्षपीडितको विसं २०५८ देखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरूको गुनासो छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ देखि आयोजना हुँदै आएको महोत्सव ‘पर्यटकीय सम्भावनाहरूको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नाराका साथ आज आइतबारदेखि शुरु भएको हो। भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको सो महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ।

शुक्लाफाँटा राष्ट्रिय महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसेमैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए। क्षेत्रफलका हिसाबले यो निकुञ्ज सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसेमैदान र विश्वमै दुर्लभ बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थान मानिन्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …